गुगल पिक्सेल ९ सिरिजमा स्याटेलाइट कम्युनिकेशन उपलब्ध हुने

Technology Khabar ४ बैशाख २०८१, मंगलवार

गुगल पिक्सेल ९ सिरिजमा स्याटेलाइट कम्युनिकेशन उपलब्ध हुने

काठमाडौं ।

गुगलको आगामी पिक्सेल ९ सिरिज यस वर्षको अन्त्यमा रिलीज गर्ने अपेक्षा गरिएको छ। साथै उक्त आगामी पिक्सेल ९ सिरिजमा अघिल्लो पिक्सेल फोनहरूमा नदेखिएको ‘स्याटेलाइट कम्युनिकेशन’ (भूउपग्रह सञ्चार) फिचर समावेश गरिने सम्भावना रहेको छ।

गुगल स्रोतलाई उद्धृत गर्दै एन्ड्रोइड अथोरिटीले भनेअनुसार, पिक्सेल ९ ले नयाँ सामसङ मोडेम ५४०० प्रयोग गर्ने र यसलाई फईभजी नन्–टेरेस्ट्रोरियल नेटवर्कहरू (एनटीएन) मार्फत स्याटेलाइट्समा कनेक्ट गर्न सक्षम पार्नेछ। यस फिचरले गर्दा मोबाइल सेवा वा नेटवर्क उपलब्ध नभएका दुर्गम स्थानहरूमा पनि आपतकालीन सन्देशहरू पठाउन सकिने उल्लेख छ।

स्पेसएक्सको स्टारलिंक “डाइरेक्ट टु सेल” नेटवर्कको लाभ उठाउँदै सुरुमा यो सेवा टी–मोबाइलद्वारा प्रदान गरिने रिपोर्ट गरिएको छ। साथै सुरुवातमा, प्रयोगकर्ताहरूले टेक्स्ट म्यासेजेस (सन्देशहरू) पठाउन सक्नेछन तर कल भने गर्न नसक्ने बताईएको छ।

स्पेसएक्सले भर्खरै अमेरिकाभरट्ठ आफ्नो सेलुलर स्टारलिंक परीक्षण विस्तार गर्न एफसीसी स्वीकृति प्राप्त गरेको छ।

पिक्सेल ९ को आपतकालीन टेक्स्टिङले स्पेसिफिक (विशिष्ट) प्रम्प्टहरूमा प्रतिक्रिया दिनेछ, जसले आपतकालीन सेवाहरूलाई सञ्चारलाई सुव्यवस्थित गर्न र छिटो सहायता प्रदान गर्न अनुमति दिने रिपोर्टमा भनिएको छ। साथै यो तरिका आईफोनहरूमा रहेको एप्पलको आपतकालीन एसओएस सुविधा जस्तै हुनेछ।

फेब्रुअरीमा, गुगलले एन्ड्रोइड डिभाइसहरूको लागि स्याटेलाइट कनेक्टिभिटीलाई अगाडि बढाउन एएसटी स्पेसमोबाइलसँग सहकार्यको घोषणा गरेको थियो। यो सहकार्यले अन्तरिक्षमा आधारित सेल टावरहरू विकास गर्ने कम्पनी ‘एएसटी स्पेसमोबाइल’ मा ११० मिलियन अमेरिकी डलर लगानी गर्दै मोबाइल क्यारिअर्स (वाहकहरू) एटी एन्ड टी र भोडाफोनमा गुगल पनि सामेल भएको छ।

पिक्सेल ९ सिरिज बाहेक पिक्सेल फोल्डको अर्को पुस्तामा पनि स्याटेलाइट कनेक्टिभिटी समावेश गरिने अपेक्षा गरिएको छ।

Sajilo Visa

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार