गुगलले दुई सबसी केबलहरू मार्फत जापानसँग कनेक्टिभिटी बढाउन एक बिलियन डलर लगानी गर्दै

Technology Khabar ३० चैत्र २०८०, शुक्रबार

गुगलले दुई सबसी केबलहरू मार्फत जापानसँग कनेक्टिभिटी बढाउन एक बिलियन डलर लगानी गर्दै

काठमाडौं ।

गुगलले दुई नयाँ सबसी (उपसमुद्रीय) केबलहरू मार्फत अमेरिका र जापान बीच डिजिटल कनेक्टिभिटी सुधार गर्न एक बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ। देशहरूबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि जापानी प्रधानमन्त्रीको भ्रमणका क्रममा बुधबार गुगलबाट यस्तो भनाइ आएको हो।

दुई सबसी केबलहरू, प्रोआ र ताइहेईले अमेरिका, जापान र धेरै प्यासिफिक टापु देशहरू र क्षेत्रहरू बीचको सम्पर्कमा सुधार गर्ने गुगलले एक ब्लग पोस्टमा भनेको रोयटर्सले उल्लेख गरेको छ।

‘गत अक्टोबरमा सबसी केबलहरूका लागि अमेरिका–अष्ट्रेलियाको संयुक्त फन्डिङ प्रतिबद्धताको निर्माण गर्दै, संयुक्त राज्य अमेरिका र जापानले समान विचारधाराका साझेदारहरूसँग विश्वासिलो र थप लचिलो नेटवर्कहरू निर्माण गर्न र प्यासिफिक क्षेत्रमा सबसी केबलहरू उपलब्ध गराउन फन्डिङ योगदान गर्ने योजना बनाएका छन्,’ अमेरिका र जापानले बुधबार संयुक्त विज्ञप्तिमा भनेका छन्।

प्रशान्त क्षेत्र चीन र अमेरिकाका लागि चासोको ठूलो क्षेत्र बनेको छ, जसले पूर्वाधार र सैन्य साझेदारीका लागि प्रतिस्पर्धात्मक प्रस्तावहरूको साथ क्षेत्रमा प्रभावको लागि संघर्ष गरिरहेका छन्।

अमेरिकाले गत वर्ष गुगलद्वारा निर्माण गरिने दुई ओटा समुद्रमुनि केबलहरू संयुक्त रूपमा फन्डिङ गर्ने वाचा गरेको छ। जुन अमेरिकी क्षेत्र गुआमकोलाई फिजी र फ्रेन्च पोलिनेसियाका हबहरूसँग जोड्ने र टाढाको प्यासिफिक टापुहरूमा फैलाइनेछ।

गुगलले प्रोओ सबसी केबलले अमेरिका, जापान, कमनवेल्थ अफ नर्दर्न मारियाना टापुहरू (सीएनएमआई) र गुआमलाई जोड्ने बताएको छ भने ताइहेई सबसी केबलले अमेरिका, जापान र हवाईलाई जोड्नेछ।

थप रूपमा, गुगलले हवाई, सीएनएमआई र गुआमलाई जोड्ने इन्टरलिंक केबलको निर्माणमा फन्डिङ दिने बताएको छ।

टेक दिग्गजले यो क्षेत्रमा डिजिटल कनेक्टिभिटी सुधार गन जापानी–आधारित कम्पनीहरू– केडीडीआई, आर्टेरिया नेटवर्क, फिलिपिन्स स्थित सिटाडेल प्यासिफिक र सीएनएमआईसँग मिलेर काम गर्ने बताएको छ।

Sajilo Visa

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार