बससेवाले ल्यायो एकासी ८१ सालमा एक्कासी अफर, एकासी जनाले पूर्ण क्यासब्याक पाउने

Technology Khabar २२ चैत्र २०८०, बिहीबार

बससेवाले ल्यायो एकासी ८१ सालमा एक्कासी अफर, एकासी जनाले पूर्ण क्यासब्याक पाउने

काठमाडौं ।

अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा ८१ सालमा एक्कासी अफर सार्बजनिक गरेको छ।

यस अफर अन्तरगत बससेवा मार्फत टिकट काट्ने यात्रुमध्ये ८१ जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन्। यस्तै हरेक दिन एक जना यात्रुले स्मार्टवाच र एयरबड जित्न सक्नेछन्।

यो योजना चैत्र २५ गतेदेखि नयाँ वर्षको बैशाख ८ गतेसम्म सञ्चालन हुनेछ। विजेताहरुको नाम गोलाप्रथाबाट चयन गरिनेछ र उक्त गोलाप्रथा कार्यक्रमको प्रत्यक्ष प्रसारण बससेवाको आधिकारिक फेसबुक पेजबाट गरिनेछ।

नयाँ वर्षको अफर बारे जानकारी दिँदै बससेवाका बिजनेस डेभलपमेन्ट प्रमुख डेनिसजंग थापाले भने ‘आम यात्रुलाई अनलाइनबाटै बस टिकट काट्नको लागि प्रोत्साहन होस् भन्ने उदेश्यले हामीले यो अफर सार्बजनिक गरेका हौँ, यो अफर अन्तरगत केही यात्रुलाई भएपनि राहत पुग्नेछ भन्ने हाम्रो अपेक्षा छ।’

बससेवा डटकमले नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्दै आएको छ। साथै भारतका नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुर लगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको छ। हाल दैनिक ३ हजार भन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएको जानकारी दिएको छ।

Global Bank
easy care

प्रकाशित: २२ चैत्र २०८०, बिहीबार