कोसी प्रदेशका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा शुरु

Technology Khabar २२ चैत्र २०८०, बिहीबार

कोसी प्रदेशका पाँच जिल्ला अस्पतालमा टेलिमेडिसिन सेवा शुरु

काठमाडौं ।

वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको छ।

प्रतिष्ठानमा आज आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरी कार्यक्रम शुरु गरे।

कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लेखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

टेलिमेडिसिन कार्यक्रममार्फत सेवाग्राहीहरूले सम्बन्धित जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरू मार्फत प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूसँग सम्पर्क स्थापित गर्न सक्ने छन्।

उद्घाटन कार्यक्रममा वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत प्रसादले टेलिमेडिसिन कार्यक्रम मार्फत प्रदेशभरीका स्वास्थ्य संस्थाहरुमा प्रतिष्ठानको विशेषज्ञ सेवा बिस्तार हुँदै गरेको बताए।

कोसी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर कटुवालले टेलिमेडिसिन कार्यक्रमको प्रभावकारिताकोको चर्चा गर्दै स्वास्थ्य सेवा बिस्तारको लागि प्रदेश सरकार सरोकारवालाहरूसँग सहकार्य गरी अगि बढ्ने बताए।

easy care

प्रकाशित: २२ चैत्र २०८०, बिहीबार