नेपालमा सूचना प्रविधि उद्योग क्षेत्रमा गरिने लगानी र विकासबारे सरोकारवालाहरुको चासो

Technology Khabar २२ चैत्र २०८०, बिहीबार

नेपालमा सूचना प्रविधि उद्योग क्षेत्रमा गरिने लगानी र विकासबारे सरोकारवालाहरुको चासो

काठमाडौं ।

नेपालमा सूचना प्रविधि उद्योग क्षेत्रमा गर्न सकिने लगानी र विकासको संभावना बारे सरोकारवालाहरूले चासाे व्यक्त गरेका छन्।

बिहीबार काठमाडौंकाे होटेल सोल्टीमा आयाेजित टेक पिक नेपाल २०२४ मा उनीहरूले प्रविधि क्षेत्रका विविध आयाममा छलफल र बहस गरिरहेका छन्।

नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । उनले भने, ‘नेपालको सूचना प्रविधि क्षेत्रमा प्रचुर सम्भावना रहेकाले विदेशी लगानीकर्तालाई लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु। लगानी गर्नुहाेस् र फाइदा लिनुहोस्।’

डाटा सेन्टर राख्नका लागि पनि नेपालको तापक्रम उपयुक्त भएकाे बताउँदै उनले यसतर्फ पनि काम गर्नुपर्नेमा जाेड दिए।

यस्तै सीएनआई आइटी काउन्सिल अध्यक्ष एवं एम चामका संस्थापक अध्यक्ष अजित शाहले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी भित्र्याउन सके ८ औं हिम श्रृंखलापछिकाे नवाै शृङ्खलाकाे रुपमा नेपाललाई विश्वमा चिनाउन सकिने दाबी गरे।

उनले भने, “नेपाल हिमालय शृङ्खलाहरुकाे देश भनेर मात्रै विश्वभर चिनिरहेकाे छ। तर प्रविधिमा लगानी भए विश्वमा नवौं शृङ्खलाकाे रूपमा चिनिन सक्छ। यसबारेमा हामी सबैले साेच्नु पर्ने समय आएकाे छ।’

सूचना प्रविधिले नेपालको आर्थिक क्षेलाई उकास्ने गर्ने गरी आधार स्तम्भ बन्न सक्ने उनकाे भनाइ छ।

कार्यक्रममा प्रविधि क्षेत्रमा लामाे समय काम गरिरहेका विभिन्न कम्पनीका व्यक्तिहरुले आआफ्नाे सफलताको कथा सुनाइरहेका छन्।

साथै कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्सको फायर साइट च्याटकाे सफलताकाे कथा भने फ्युज मशिनका संस्थापक समीर मास्केले सुनाउनेछन्।

यस्तै अन्तर्राष्ट्रिय स्तरबाट प्रविधिमा क्षेत्रमा सफल भएका हरिश मेहताले आफ्नाे कथा सुनाउनेछन्।

Global Bank
easy care

प्रकाशित: २२ चैत्र २०८०, बिहीबार