एचएमडी ग्लोबलले ल्यायो नयाँ बजेट–मैत्री फोनहरूका साथ नोकिया फोन

Technology Khabar २२ चैत्र २०८०, बिहीबार

एचएमडी ग्लोबलले ल्यायो नयाँ बजेट–मैत्री फोनहरूका साथ नोकिया फोन

काठमाडौं ।

एक समय बजारमा प्रभुत्व जमाएको लेजेण्डरी फोन निर्माता नोकियाले हाल एचएमडी ग्लोबलको छातामुनि आफ्नो व्यवसाय बिस्तार गर्ने क्रमलाई जारी राखेको छ। यसै क्रममा नोकिया ११०, नोकिया २२५ फोरजी, एचएमडी पल्स प्रो र एचएमडी टी२१ रग्ड लगायत नवीनतम रिलिजको मूल्यहरूको खुलासा गरिएको छ।

एचएमडी ग्लोबलले विभिन्न उत्पादन लाइनअप प्रदान गरेर आफ्नै स्मार्टफोन ल्याउने तयारी भईरहँदा नोकियाको ब्राण्डलाई पनि सम्मान गरेको छ। यसमा नोकिया ११० फोरजी जस्ता नोस्टाल्जिक रिभाइबल्स र एचएमडी पल्स प्लस बिजनेस एडिशन जस्ता स्मार्टफोन मोडलहरू समावेश रहेका छन्।

भर्खरै घोषणा गरिएको मूल्य निर्धारणले उल्लेखनीय किफायती विकल्पहरूको साथ यो अप्रोचलाई रेखांकित गरेको छ। मूल्य–संवेदनशील उपभोक्ताहरूलाई सेवा गर्ने कम्पनीको निरन्तर प्रतिबद्धता प्रदर्शन गर्दै मूल्यहरू सस्तो मूल्य हुँदै ४५ अमेरिकी डलर देखि बजेट फ्रेण्डली (अनुकूल) २०० अमेरिकी डलरसम्म रहेको जनाइएको छ।

एचएमडी पल्स प्रो मोडलले क्वालकमको स्न्यापड्रागन ४ जेन १ प्रोसेसरबाट पावर प्राप्त गर्ने जनाइएको छ। यस फोनको स्क्रिन साइज ६.५६ इन्च रहेको छ जसमा आईपीएस एलसीडी डिस्प्ले र ९० हर्ज रिफ्रेस रेट रहेको छ। साथै यस मोडलमा ६जीबी र्याम र १२८जीबी स्टोरेज स्पेस समावेश गरिएको जनाइएको छ।

यद्यपि स्न्यापड्रागन ४ जेन १ एक विशेष शक्तिशाली प्रोसेसर नभए तापनि यसले १७८ अमेरिकी डलरको लागि धेरै प्रतिस्पर्धी सुविधाहरू प्रदान गर्नेछ।

Sajilo Visa

प्रकाशित: २२ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया