कीर्तिपुर क्षेत्रको कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गर्दै नेपाल टेलिकम

Technology Khabar १९ चैत्र २०८०, सोमबार

कीर्तिपुर क्षेत्रको कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गर्दै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले कीर्तिपुर क्षेत्रमा हाल संचालित कपर प्रविधिमा आधारित टेलिफोन सेवा बन्द गर्ने भएको छ।

कम्पनीले उक्त स्थानहरुमा हाल रहेको पुरानो प्रविधिलाई प्रतिस्थापन गरी एफटीटीएचमा आधारित रहेर सेवा संचालन गर्ने सूचनामार्फत जनाएको छ।

कम्पनीले कीर्तिपुर कार्यालय र यस कार्यालयको क्षेत्राधिकारभित्र पर्ने बल्खु, चाँदनी चोक, ट्याँग्ला फाँट, नयाँबजार, बाहिरो गाउँ, बाघभैरब, समल ढोका, देवढोका, ढाल्पा, छुगाउँ, नगाउँ, पाँगा, चोभार, गुठु, टौदह, पाण्डेछाप, चाल्नाखेल, खहरे, ग्वालदह, भत्केपाटी, विष्ट गाउँ, बस्न्यात गाऊँ, साझा पसल, माने डाँडा, पुष्पलाल पार्क तथा दक्षिणकाली लगायतका स्थानहरूमा सञ्चालित अधिकांश आधारभूत टेलिफोन (PSTN) सेवाहरू  एफटीटीएच प्रविधिमा माइग्रेसन भइसकेको र बाँकी रहेका लाइनहरू पनि माइग्रेसन गरिने जनाएको छ।

यसका साथै यहि २०८० चैत २२ गते कपर सिस्टम पूर्णरूपमा बन्द गर्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमले स्थानीय आफ्नो सेवालाई आधुनिक एफटीटीएच प्रविधिमा अपग्रेड गराउन सम्बन्धित सबै ग्राहकहरुलाई अनुरोध गरेको छ।

easy care

प्रकाशित: १९ चैत्र २०८०, सोमबार

ताजा समाचार