एप्पलको नयाँ आईप्याडहरू मे महिनामा आउने

Technology Khabar १९ चैत्र २०८०, सोमबार

एप्पलको नयाँ आईप्याडहरू मे महिनामा आउने

काठमाडौं ।

एप्पलले मार्च वा अप्रिलको सुरुमा आफ्ना नयाँ आईप्याडहरू घोषणा गर्ने अपेक्षा गरिएको थियो। यद्यपि, कुपर्टिनो–बेस्ड टेक जायन्टको अर्को पुस्ताको ट्याब्लेटहरू आउनका लागि अब केही ढिलाइ हुने भएको छ।

पछिल्लो विकास अनुसार नयाँ आईप्याडहरू अब मे महिनामा आउने भएको ब्लूमबर्गका मार्क गुरम्यानले जनाएका छन्।

कम्पनीले यस महिनाको सुरुमा म्याकबुक एयर एम३ को घोषणा गरेको थियो।

केही महिना देखि नयाँ आईप्याडहरूका साथै विशेष गरी अर्को पुस्ताको एयर र प्रो मोडलहरूका बारेमा अफवाहहरू घुमिरहेका छन्। गत वर्ष पहिलो पटक एप्पलले आफ्नो ट्याब्लेट पोर्टफोलियोमा कुनै पनि मोडलको घोषणा गरेको थिएन्। साथै कम्पनीले अन्तिम आईप्याड प्रो र एयर सन् २०२२ मा घोषणा गरेपश्चात कम्पनीको इतिहासमा यो सबैभन्दा लामो अवधि भएको उल्लेख छ। उक्त पछिल्लो आईप्याड दुई वर्ष पुरानो हो भने यसमा एम १ चिप समावेश गरिएको छ।

यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै आईप्याड प्रो ट्याब्लेटहरू ओएलईडी डिस्प्ले र आईप्याड एयर दुई साइजमा अब यस वर्षको मे महिनामा आइपुग्ने गुरमानले प्रक्षेपण गरेका छन्। कम्पनीका विदेशी आपूर्तिकर्ताहरूले लामो समय प्रतिक्षामा रहेको ट्याब्लेटको उत्पादन द्रुत–ट्र्याक गरेको जनाइएको छ।

त्यसैगरी सफ्टवेयर फाइनलाइजेसन र स्क्रिन निर्माण जटिलताको कारणले गर्दा प्रारम्भिक लन्च टाइमलाइनमा ढिलाइ भएको विश्लेषकले थप जानकारी दिए।

ओएलईडी डिस्प्ले भएको आईप्याड प्रो को जे७१७, जे७१८, जे७२०, र जे७२१ कोडनेम भएको चार संस्करणहरू रहेका छन्। यसले फास्टर (द्रुत) एम ३ चिप, म्यागसेफ, थिनर (पातलो) डिजाइनहरू र अन्य थपको साथ सन् २०१८ देखि महत्त्वपूर्ण अपग्रेडहरू प्याक गर्नेछ।

यसैबीच, छैठौं पुस्ताको आईप्याड एयर १०.९ र १२.९ इन्च साइजमा एम२ चिपद्वारा संचालित हुने अपेक्षा गरिएको छ। साथै आगामी ट्याब्लेटको साथ एप्पलले आफ्नो घट्दो बिक्रीलाई बढावा दिने लक्ष्य राखेको छ।

Global Bank
easy care

प्रकाशित: १९ चैत्र २०८०, सोमबार

ताजा समाचार