सुनिल र विकललाई थप २१ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

Technology Khabar १८ चैत्र २०८०, आईतवार

सुनिल र विकललाई थप २१ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति

काठमाडौं ।

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ। गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो।

सुनिल र पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो ।

माघ ११ गते विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। त्यसपछि फागुन २ गते पुनः उनीहरुमाथि १० दिन म्याद थप भएको थियो ।

अहिले पछिल्लोपटक पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

Global Bank
easy care

प्रकाशित: १८ चैत्र २०८०, आईतवार