एमडीएमएस प्रकरणः कर्मचारीले तयार गरेको टिप्पणी सदर मात्रै गरेको प्राधिकरणका पूर्व अध्यक्षद्वयको बयान

Technology Khabar १८ चैत्र २०८०, आईतवार

एमडीएमएस प्रकरणः कर्मचारीले तयार गरेको टिप्पणी सदर मात्रै गरेको प्राधिकरणका पूर्व अध्यक्षद्वयको बयान

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा खरिद कार्यमा आफूहरुले कुनै गल्ती नगरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगको बयानमा बताएका छन्।

पूर्व अध्यक्षद्वयले एमडीएमएस कार्यान्वयन गर्न खरिद ऐन, प्राधिकरणको खरिद विनियमावली र एमडीएमएस उपनियम अन्तर्गत भएको दाबी गरेको अख्तियारको बयानमा उल्लेख छ।

खरिद इकाई अन्य शाखा भन्दा खरिद कार्यमा बढि जान्ने हुने भएकाले खरिद सम्बन्धि कागजात जाँच र पुष्टि गर्नु पर्ने उनीहरुको दाहित्व हुने पूर्व अध्यक्ष झाले अख्तियार समक्ष बयान दिएका छन्।

पुरुषोत्तमप्रसाद खनालले खरिद कार्यमा मूल्यांकन समितिको प्रतिवेदन उपर निर्णय गर्ने, परियोजना कार्यान्जयन गर्ने सन्दर्भमा भुक्तानी लगायतका अध्यक्ष स्तरबाट गरिनुपर्ने निर्णयहरुमा मात्र भुमिका रहेको अख्तियारले विशेष अदालतमा बुझाएको बयानको बिबरणमा उल्लेख छ।

अख्तियारले गत चैत १५ गते एमडीएमएस परामर्श सेवा खरिद कार्य भष्टाचार भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्व अध्यक्ष सहित १९ कर्मचारी र कम्पनीका दुई कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको छ।

अख्तियारले अनुसन्धानका क्रममा दुई पूर्व अध्यक्षसँग लिएको बयानको बिबरण यस्तो छ-

पूर्व अध्यक्ष दिगम्बर झाले २०८० फागुन २ गते अख्तियारमा दिएको बयान

एमडीएमएस सिस्टमको कार्यान्वयन/संचालनको लागि परामर्श सेवा प्रदायक छनौट गरी (५ वर्षको लागि संचालन समेत) एमडीएमएस कार्यान्वयन गर्न खरिद ऐन,  प्राधिकरणको खरिद विनियमावली र एमडीएमएस बाईलअनुसार खरिद प्रकृया प्रारम्भ भएको हो। सोको लागि टर्म्स अफ रिफरेन्स (टीओआर) तयार भएको, लागत अनुमान तयार भएको तर दुबै कार्य सम्बन्धित शाखा र महाशाखाको सिफारिसमा स्विकृत भएको। परामर्श सेवा खरिद गर्न एक्सप्रेसन अफ इन्ट्रेस्ट (ईओआई) मार्फत संक्षिप्त सुची तयार भई रिक्वेस्ट फर प्रोपोजल (आरएफपी) जारी भएको हो। अन्तराष्ट्रिय परामर्शदाताको खरिद गर्नका लागि तयार गरिने लागत अनुमानको लागि देश भित्र कुनै स्ट्याण्डर्ड नर्म्स छैन।

प्राधिकरणकै अन्य कामको लागि प्राप्त गरेको बीड तथा नेपाल टेलिकममा नियुक्त भएको आईटी विज्ञहरुको प्रस्ताव दरको औसतलाई पनि आधार मान्ने गरिएको छ। लागत अनुमान बजेटरी प्रोपोजको लागि तयार गरिएको थियो। लाउरासिया यूकेलाई ईआईआर इम्प्लिमेन्टको लागि आवश्यक फर्मुलेसन अफ रेगुलेटरी फ्रेमवर्क तयार गर्न नियुक्त गरिएको र सो को लागि निजले टीओआरमा उल्लेखित कार्यहरुका साथै एमडीएमएस लागु गर्न, सर्भिस प्रोभाइडर (कन्स्लट्यान्ट) नियुक्त गर्न आवश्यक सबै डकुमेन्ट बनाउनु पर्ने थियो।

२०७५ असोज २१ गते उल्लेख भएको कस्ट इस्टिमेसन परामर्शदाता लाउरासिया यूकेले तयार गरेको हो। लागत अनुमानमा स्पेसको लागि उल्लेख भएको रकम  भन्दा बढि मुल्य कन्टेनराइज्ड डाटा सेन्टरको भएकोले इस्टिमेट रिभाइज गर्न उपयुक्त ठानिएन। लाउरासियाले तयार गरेको आरएफपी पुन: नेपालको खरिद ऐन नियमावली अनुसार तयार गर्न टीएईसी कन्स्लट्यान्ट (TAEC Consultant) लाई रिभ्यू गर्न दिइएको हो। लाउरासियाले पेश गरेको टीओआरमा एनटीएका पदाधिकारीहरुसँग छलफल गरी एनटीएलाई आवश्यक भएको बुँदाहरुमा केही संसोधन भएको हो। खरिद इकाई अन्य शाखा भन्दा खरिद कार्यमा बढि जान्ने (Expertise) भएकोले खरिद सम्बन्धि कागजात चेक एण्ड भेरिफाई गर्नुपर्ने हो। लागत अनुमानमा उल्लेख भएको म्यानपावर चाहिने नै हो।

पूर्व अध्यक्ष पुरुषोतमप्रसाद खनालले २०८० फागुन १ गते अख्तियारमा दिएको बयान

प्राधिकरणको Design, Develop, supply, Installation, testing, commissioning and operation of mobile device Management system (MDMS) खरिद कार्यमा मुल्याङ्कन समितिको प्रतिवेदन उपर निर्णय गर्ने, परियोजना कार्यान्वयन गर्ने सन्दर्भमा भुक्तानी लगायतका अध्यक्ष स्तरबाट गरिनु पर्ने निर्णयहरुमा भुमिका रहेको छ। कार्यालयमा प्रतिवेदन पेश हुदाँ कभर लेटर राखि मुल्याङ्कन समितिको संयोजक (अध्यक्ष) बाट पेश हुने र सोहि कभरिङ्ग लेटरमा तोकादेश अनुसार प्रकृया अगाडी बढ्ने बढाउने र उक्त कागजातको अभिलेख राख्ने जिम्मेवारी खरिद इकाई तथा पुर्वाधार शाखाको रहने गर्छ।

बीओक्यू अनुसार ईआईआर सलुस ४ ओटा उपलब्ध गराउनु पर्ने र यो आवश्यक नभएको खण्डमा माग कट्टा गर्ने व्यवस्था गरेको हो। नूमेरा (एम) एसडीएन. बीएचडी. मलेसिया ओएसआई कन्सल्टिङ्ग प्रा.लि. इण्डिया र नमस्ते ग्लोबल कम्पनी लिमिटेड सिंगापुर (Nuemera (M) sdn. Bhd, Malaysia OSI consulting pvt.ltd. India and Namera Global Commpvt.ltd. Singapore) जेभीले अमेरिकी डलर ७४,९९,८८८ (भ्याट बाहेक)  र मोबिलियन/ग्रीन-आईटी/ इन्फ्रा डाटा (जेभी) ले ७०,७१,२०५.७७ (भ्याट बाहेक) ५ वर्षको लागि आर्थिक प्रस्ताव पेश गरेको फाइनान्सियल प्रोपोजल ओपनिङ्ग फर्मबाट देखिन्छ। प्रस्तुत विषयमा आरएफपीको सेक्सन २ इन्स्ट्रक्सन टू कन्स्ल्ट्यान्ट्स एण्ड डाटा शिटको २४ बीमा लम्प सम कन्ट्र्याक्ट्स सम्बन्ध २४.२ बमोजिम मुल्याङ्कन समितबाट फिन-१ लाई कन्सिडर्ड गरिएको हो। आर्थिक प्रस्तावको मुल्याङ्कनबाट मोबिलियन/ग्रीन-आईटी/ इन्फ्रा डाटा (जेभी)  र नूमेरा (एम) एसडीएन. बीएचडी. मलेसिया ओएसआई कन्सल्टिङ्ग प्रा.लि. इण्डिया र नमस्ते ग्लोबल कम्पनी लिमिटेड सिंगापुर (जेभी) छनोट गरी पेश गरिएको थियो। रिक्वेस्ट फर प्रोपोजलको सेक्सन ७ टर्म्स अफ रिफरेन्स १९ मा टेन्टेटिभ बिल अफ क्वान्टिटी उपलब्ध गरेको छ तर परामर्श सेवा खरिद प्रकृया अपनाई गुड्स एण्ड सर्भिसर्स दुबै खरिद गर्दा यसको इभ्यालुएसन क्राइटेरियालाई समेत सोही अनुरुप तयार भएको पाईएन। कन्स्ट्यान्सी सर्भिस अन्तर्गत क्यूसीबीएसमा मुल्याङ्कन गर्दा टेक्निकल वेटेज ८० प्रतिशत, फाइनान्सियल वेटेज २० प्रतिशत दिइएको र यस अनुरुप आरएफपी सेक्सन २ इनस्ट्रक्सन टु कन्सल्टयान्ट्स एण्ड डाटा शिटको २४ बी लम्प सम कन्ट्र्याक्टको विषय रहेको र लम्प सम कन्ट्र्याक्टमा फिन-१, लाई म्यान्डाटोरीरुपमा लिनुपर्ने उल्लेख गरेबाट यस सम्बन्धमा आरएफपीले उल्लेख गरेता पनि इभ्यालुएसन क्राइटेरियामा बीओक्यू समावेश नगरेकोले मुल्याङ्कन समितिले उक्त कठिनाईका बाबजुद कन्डिस्नल सिफारिस गरेको र मुल्याङ्कन समितिले औंल्याएको विषयहरुलाई र मोबिलियन इन्फ्रा डाटा ग्रीन आईटी (जेभी) ले एनसेल प्रा.लि. को व्यापारी साझेदार हुनुको साथै सिम डिस्ट्रिब्यूटर समेत भएको हुनाले एमडीएमएस प्रणाली स्थापना तथा संचालनमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने विषयमा खरिद विज्ञहरु तथा प्राविधिक विज्ञबाट राय प्राप्त भए पश्चात यस विषयलाई २०७६ जेठ १६ गते मा मुल्याङ्कन समितिमा नै पठाइएको र मुल्याङ्कन समितिले यस विषयमा पहिले नै प्रतिवेदन दिई सकेको र यस विचमा आफ्नो विज्ञता नरहेको भनि जानकारी गराएको छु।

विज्ञको राय खुलाई टिप्पणी पेश गर्न खरिद एकाईलाई आदेश गरी खरिद प्रक्रिया अगाडी बढाइएको हो। रिक्वेस्ट फर प्रोपोजल(आरएफपी) को टर्म्स अफ रिफरेन्समा if the operator Manages EIR solution and software itself then the lot cost will be deducted  व्यवस्था राखिएको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३७ (२) ले सोधभर्ना हुने प्रकृतिको खर्च सम्बन्धमा वार्ता गर्न सकिने उल्लेख गरे अनुसार नै रिइम्बर्सेबल अमाउन्टमा नै वार्ता गर्न निर्णय गरिएको हो। पहिलो परामर्शदाताको प्रस्ताव अस्विकृत पश्चात बाँकी १ मात्र परामर्शदाता रहेको र नेगोसिएसनमा प्रस्तावदाताले आफ्नो रिइम्बर्सेबल अमाउन्ट युएसडी ४,३३,००० उल्लेख गरेको छ। सम्झौतामा उल्लेखित एपेन्डिक्स सीः ब्रेकडाउन अफ प्राइस तथा सम्झौतामा संलग्न एनेक्स सी: मा हार्डवेयर रिक्वायरमेन्ट कनेक्टिभिटी, डाटा सेन्टर, इनेबलिङ्ग सफ्टवेयरको लागि मुल्य उल्लेख भएको कागजात नै बिल अफ क्वान्टिटी रहेको छ। डीआर साइटको उपकरणहरुको ९० प्रतिशत, सफ्टवेयरको ३० प्रतिशत र इन्टरनेशनल ट्रेनिङ्ग बापत ९० प्रतिशत पेमेन्ट भएको छ। एलईए मोडुल लागु गर्दा समेत सो प्रावधान अनुरुप नै गर्नुपर्ने हुँदा सम्मानित अदालतको आदेश अनुरुप नै हुनेछ। परामर्शदाताले उक्त रिक्वायरमेन्ट बमोजिम प्रणाली तयार गरेको तर प्रयोगमा आई नसकेको अवस्था छ।

Global Bank
easy care

प्रकाशित: १८ चैत्र २०८०, आईतवार

ताजा समाचार