ओप्पोको फाइन्ड एक्स ७ अल्ट्राको स्याटेलाइट कम्युनिकेशन भर्सन लन्च हुँदै

Technology Khabar १५ चैत्र २०८०, बिहीबार

ओप्पोको फाइन्ड एक्स ७ अल्ट्राको स्याटेलाइट कम्युनिकेशन भर्सन लन्च हुँदै

काठमाडौं ।

ओप्पोले सन् २०२४ को पहिलो दिनमा फर्स्ट डुअल–पेरिस्कोप क्यामरा र स्याटेलाइट कम्युनिकेसन संस्करणको प्रतिज्ञासहित फाइन्ड एक्स ७ अल्ट्रा लन्च गरेको थियो। त्यसको तीन महिना पछि कम्पनीले अन्ततः त्यो प्रतिज्ञा पूरा गरेको र नयाँ भर्सन चाइना टेलिकमको वेबसाइटमा उपलब्ध भएको छ।

क्यारियरको सूचीले नयाँ मोडल नम्बर, थप स्टोरेज (भण्डारण) र विस्तारित सुविधाहरू प्रतिबिम्बित गर्ने नयाँ मूल्य ट्याग खुलासा गरेको छ।

एक रिपोर्टअनुसार, मोडल नम्बर पीएचवाई १२० भएको फोनमा १ टिबी स्टोरेज (भण्डारण) हुनेछ, जुन चीनको बजारमा हालको शीर्ष संस्करणको दोब्बर हो। नयाँ फाइन्ड एक्स ७ अल्ट्रा भेरियन्टको मूल्य ७,९९९ चिनियाँ युआन (१,१०० अमेरिकी डलर भन्दा बढी) हुने बताइएको छ जुन हाल स्याटेलाइट कम्युनिकेशन फिचर नभएको १६/५१२ जीबी विकल्पको मूल्य ट्यागको तुलनामा १५ प्रतिशतले महंगो हुने बताईएको छ।

स्याटेलाइट कम्युनिकेशन (भूउपग्रह संचार) ले फोनलाई सिधै पृथ्वीको परिक्रमा गर्ने स्याटेलाइट (भूउपग्रह) मा कल र मेसेजेज (सन्देशहरू) आदान प्रदान गर्न अनुमति दिनेछ। यसको विपरीत सेलुलर फोनमा भने कम्युनिकेशन हबसँग जोडिएको सेल टावरमा जडान गरिनुपर्ने र त्यसपछि भूउपग्रहहरूसँग जोडिने उल्लेख गरिएको छ।

ओप्पोले चीन बाहिर फाइन्ड एक्स ७ अल्ट्रा स्मार्टफोन ल्याउने योजना नबनाएको तर फाइन्ड सिरिजको अर्को जेनेरेसन अन्तर्राष्ट्रिय रुपमा आउने अनुमान गरिएको छ।

स्याटेलाइट कम्युनिकेशन फिचर सहितको फाइन्ड एक्स ७ अल्ट्राको आधिकारिक ढुवानी मितिको बारेमा कुनै पनि जानकारी उपलब्ध छैन।

Sajilo Visa

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार