पानासोनिक एयरकन्डिसनर ३२ हजार छुटमा उपलब्ध

Technology Khabar १४ चैत्र २०८०, बुधबार

पानासोनिक एयरकन्डिसनर ३२ हजार छुटमा उपलब्ध

काठमाडौं ।

नेपालमा पानासोनिकको एयरकन्डिसनर छुट मूल्यमा उपलब्ध भएको छ। नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो। उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ। भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ। जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क उपलब्ध छ।

ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

पानासोनिक एसीमा पीएम २.५ फिस्टर रहेको छ। जसले रुम भित्र भएको सानो भन्दा सानो डस्ट पार्टिकल जस्तै धुवा धुलो सबै फिल्टर गरेर एयर प्युरिफिकेसन गर्छ र रुमको लागि छुटै एयर प्युरिफिकेसन किन्न पर्दैन।

पानासोनिकको डुराबिलिटीका लागि यसमा सिल्ड–बीएलयू टेक्नोलोजी रहेको छ। जसमा एसीको आउटडोर यूनिटमा एन्टी–कोरिसन गरिएको हुन्छ। यसले एसीमा लिकेज र त्यस भित्र भएको कपरहरुलाई सेफ राख्छ र हिट एक्सचेञ्जरको लाईफलाई बढाउँछ।

यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ।

Sajilo Visa

प्रकाशित: १४ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार