ओप्पोले फोल्डेबल स्मार्टफोन बनाउन जारी राख्ने पुष्टि

Technology Khabar १२ फाल्गुन २०८०, शनिबार

ओप्पोले फोल्डेबल स्मार्टफोन बनाउन जारी राख्ने पुष्टि

काठमाडौं ।

ओप्पो फाइन्ड एन३ (वा वनप्लस ओपन) जस्ता उदाहरणहरूका साथ ओप्पोले एन्ड्रोइड फोल्डेबलहरू बनाउन छोड्न सक्ने जानकारी हालै चर्चामा आएका थिए तर ओप्पोले यो गलत जानकारी भएको बताएको छ।

गत हप्ता ह्याङ्कयुङको एक रिपोर्टले दावी गरेअनुसार, “महत्वपूर्ण रूपमा” बजार सेयर घटेको कारण, ओप्पो र भिभोले आफ्नो एन्ड्रोइड फोल्डेबलको उत्पादन अगाडि बढाउँदैन।

ओप्पोका अनुसार, यद्यपि, यो जानकारी सत्य होइन।

जीएसएमएरिनाकाअनुसार कम्पनीले भविष्यमा फोल्डेबलहरूको विकासको लागि आफ्नो प्रतिबद्धता कुनै पनि हिसाबले परिवर्तन नभएको भनेर आश्वासन दिएको छ।

एक ओप्पो प्रवक्ताले भनेका छन, “फोल्डेबल स्मार्टफोन प्रविधिको निरन्तर विकासमा ओप्पोको समर्पण अपरिवर्तित छ। कृपया हाम्रो आधिकारिक अपडेट र घोषणाहरूको लागि सम्पर्कमा रहनुहोस्।”

कम्पनीको पहिलो पुस्ताको फोल्डेबल फोन प्रायः चीनमा सीमित थियो, तर फाइण्ड एन २ फ्लिप र फाइण्ड एन ३ फ्लिपले विश्वव्यापी चरणमा आफ्नो बाटो बनायो, जबकि वनप्लस ओपन फाइण्ड एन ३ को फ्रम फ्याक्टर प्रतिलिपिको रुपमा आयो।

काउन्टरपोइन्ट रिसर्चको तथ्यांकअनुसार ओप्पोले २०२३ को पहिलो छ महिनामा चिनियाँ फोल्डेबल बजारको २० प्रतिशत हिस्सा कब्जा गर्न सफल भएको बताएको छ।

Sajilo Visa

प्रकाशित: १२ फाल्गुन २०८०, शनिबार

ताजा समाचार