ह्वावे चीनको शीर्ष फोल्डेबल फोन ब्रान्ड, सामसङ चौथो स्थानमा

Technology Khabar १० फाल्गुन २०८०, बिहीबार

ह्वावे चीनको शीर्ष फोल्डेबल फोन ब्रान्ड, सामसङ चौथो स्थानमा

काठमाडौं ।

चिनियाँ फोल्डेबल मोबाइल फोन मार्केटले सन् २०२३ मा ११४.५ प्रतिशत वार्षिक वृद्धि दर्ता गरेको आईडीसीले जनाएको छ। साथै ढुवानीको संख्या ७.००७ मिलियन पुगेको र यो भारतीय ट्याब्लेट बजारको ढुवानी भन्दा बढी भएको उल्लेख छ।

चौथो क्वाटरमा मात्रै २.७७१ मिलियन युनिट ढुवानी भएको छ भने ह्वावे, ओप्पो र अनरका नयाँ उत्पादनहरूले वृद्धिमा योगदान पुर्याएको उल्लेख गरिएको छ।

सन् २०१९ मा पहिलो डिभाइस बजारमा आएपछि चिनियाँ फोल्डेबल मोबाइल फोनको बजार गत चार वर्षमा १०० प्रतिशत भन्दा बढिले वृद्धि भएको छ। साथै यो क्याटेगोरी अहिले धेरै परिपक्व भएकाले यसको पर्फमेन्स आगामी वर्षहरूमा अझ सुधार हुने अनुमान गरिएको छ।

एक हजार अमेरिकी डलर भन्दा माथिको फोल्डेबलको शेयर मूल्य ८१ प्रतिशतबाट ६६.५ प्रतिशतमा झरेको उल्लेख छ। साथै ४०० अमेरिकी डलर देखि ६०० अमेरिकी डलर खण्डको किफायती फोल्डेबलमा भएको वृद्धिको कारणले यस्तो भएको जनाइएको छ।

यद्यपि, चिनियाँ उपभोक्ताहरूले सस्तो क्ल्यामशेल भर्टिकल फोल्डेबलहरू भन्दा पुस्तक–शैलीको होरिजन्टल फोल्डेबललाई प्राथमिकता दिएको उल्लेख छ। यस प्रकारको ग्रहण दर धनी व्यवसायीहरू बीच उच्च रहेकोछ।

ब्रान्डहरूको सन्दर्भमा, ह्वावेले ३७.४ प्रतिशत सेयरको साथ बजारको नेतृत्व गरेको छ। साथै आफ्नो लन्च पछि मेट एक्स५ को आपूर्ति भन्दा माग बढी हुन जारी रहेको छ।

ग्लोबल टप प्लेयर सामसङ भने केवल ११ प्रतिशत सेयरको साथ चौथो स्थानमा रह्यो। त्यसैगरी दोस्रो, तेस्रो र पाँचौं स्थानमा क्रमशः ओप्पो (१८.३ प्रतिशत), अनर (१७.७ प्रतिशत) र भिभो (९.७ प्रतिशत) रहेका छन्। फाइन्ड एन३ फ्लिप सबैभन्दा लोकप्रिय क्ल्यामशेल फोल्डेबल बन्न सफल भएको छ।

त्यसका साथै, शाओमी ४.६ प्रतिशत सेयरको साथ छैटौं स्थानमा र सातौं स्थानमा रहेको लेनोभोको मात्र १.४ प्रतिशत सेयर रहेको गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

Sajilo Visa

प्रकाशित: १० फाल्गुन २०८०, बिहीबार

ताजा समाचार