दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त

Technology Khabar ६ फाल्गुन २०८०, आईतवार

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी नियुक्त
तस्विरः भण्डारीको फेसबुक पेजबाट।
Global IME Bank

काठमाडौं ।

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषदको आजको बैठकले सञ्चार सचिवको नेतृत्वमा गठन गरेको सिफारिस समितिले गरेको सिफारिसको आधारमा प्राधिकरणको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो।

सञ्चारमन्त्री रेखा शर्माका सञ्चार विज्ञले भण्डारीलाई मन्त्रिपरिषदले नियुक्त गरेको जानकारी दिए।

नव नियुक्त भण्डारी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका विज्ञ सल्लाहकारका रुपमा कार्यरत थिए।

चार्टर्ड एकाउन्टेन्ट भण्डारीले यसअघि बुरुण्डी स्थित स्मार्ट टेलिकममा सीईओको रुपमा काम गरेका थिए।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस गरेको थियो।

भण्डारीले आगामी ५ वर्ष कार्यकारी अध्यक्षको रुपमा प्राधिकरणलाई नेतृत्व दिनेछन्।

दूरसञ्चारलाई सर्वसुलभ बनाउने र आईसीटीलाई अगाडी बढाउने योजना रहेको र त्यहिअनुसार काम गर्ने भण्डारीले टेक्नोलोजीखबरसँग बताए।

“मेरो योजनाअनुसार अगाडि बढ्छु । अहिले देखिएका समस्याहरुलाई समाधान गर्ने र दूरसञ्चारलाई सर्वसुलभ बनाउने कार्यमा लाग्नेछु,” भण्डारीले भने।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०८० पुस २४ गते राजीनामा दिएसँगै उक्त पद रिक्त थियो।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ फाल्गुन २०८०, आईतवार