नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा आम्दानी र नाफा दुबै घट्यो

Technology Khabar १ फाल्गुन २०८०, मंगलवार

नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा आम्दानी र नाफा दुबै घट्यो
फाइल

काठमाडौं ।

नेपाल टेलिकमको आ.व.२०८०/८१ को दोस्रो त्रैमासिकको आम्दानी र नाफा दुबै घटेको छ।

कम्पनीले आज सार्वजनिक गरेको  वित्तीय विवरण अनुसार चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल आय रु. २१ अर्व ३० करोड ९३ लाख ७९ हजार रहेको  छ।

उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कूल आय रु. २२ अर्व १० करोड ११ लाख ३७ हजारको तुलनामा रु. ७९ करोड १७ लाख ५७ हजार (अर्थात ३.५८ प्रतिशत) ले कमी भएको उल्लेख छ ।

यसैगरी चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको कुल सञ्चालन आय रु. १७ अर्व २४ करोड ६७ लाख ७९ हजार रहेको छ। उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को कुल सञ्चालन आय रु १८ अर्व ७ करोड ७३ लाख ४८ हजारको तुलनामा रु ८३ करोड ५ लाख ६९ हजार (अर्थात ४.५९ प्रतिशत) ले कमी भएको देखिएको छ।।

यसका बाहेक कम्पनीको मुनाफामा पनि दोस्रो त्रैमासमा कमी आएको छ।

बिबरणअनुसार चालु आ.व. को दोस्रो त्रैमासिक अवधि (२०८० पौष मसान्त) सम्मको खुद मुनाफा रु. ३ अर्व ९३ करोड १४ लाख ३ हजार रहेको छ।

उक्त रकम गत आ.व. को सोही अवधि (२०७९ पौष मसान्त) को खुद मुनाफा रु. ४ अर्व २५ करोड ४७ लाख ७६ हजारको तुलनामा रु. ३२ करोड ३३ लाख ७३ हजार (अर्थात ७.६० प्रतिशत) ले कमी भएको छ।

कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ४३.६८ रहेको छ।

टेलिकमकाअनुसार गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारणहरुमा ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आ.व. को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब रु. ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको छ।

यसका साथै मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरु समयमा संचालन हुन नसकेको कारण समेत असर परेको टेलिकमको दाबी छ।

नेपाल टेलिकमले राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको जनाएको छ।

यस्तै सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको तथा बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. ३४ करोड ७ लाखले कमी भएको उल्लेख छ।

easy care

प्रकाशित: १ फाल्गुन २०८०, मंगलवार

ताजा समाचार