एप्पलले दुई ओटा फोल्डेबल आईफोन प्रोटोटाइपमा काम गर्दै गरेको रिपोर्टको दाबी

Technology Khabar २८ माघ २०८०, आईतवार

एप्पलले दुई ओटा फोल्डेबल आईफोन प्रोटोटाइपमा काम गर्दै गरेको रिपोर्टको दाबी

काठमाडौं ।

फोल्डेबल स्पेसमा एप्पलले अझै केही वर्ष पछि मात्र कदम चाल्ने अनुमान गरिएको छ। तर कम्पनीले यसको तयारी भने भित्रिरुपमा गरिरहेको बताईएको छ। फोल्डेबल आईप्याडले आईफोनको सट्टामा नेतृत्व गर्ने जस्तो देखिएको यस अघिका रिपोर्टहरूले उल्लेख गरेका थिए।

यद्यपि, द इनफर्मेसनको पछिल्लो रिपोर्टहरूले एप्पल अझै फोल्डेबल स्मार्टफोन प्रोटोटाइपहरू विकास गर्ने प्रारम्भिक चरणहरूमा रहेको उल्लेख गरेको छ। साथै यी प्रोटोटाइपहरूमा दुई ओटा डिजाइनहरू समावेश रहेको र सामसङ ग्यालेक्सी जेड फ्लिप मोडलहरू जस्तै देखिने उल्लेख गरिएको छ।

रिपोर्टका अनुसार, एप्पलले फोल्डेबल आईफोनहरूमा काम गरिरहेको छ। साथै उक्त फोल्डेबल आईफोनहरू बन्द गर्दा धेरै बाक्लो नदेखियोस् भनेर हालको मोडलहरू भन्दा आधा मात्र मोटो भएको जनाइएको छ।

कम्पनीले आउटवार्ड स्क्रिन थप्ने विचारको बारेमा पनि एक्सप्लोर गरिरहेको थप उल्लेख छ। तर, ब्याट्री र डिस्प्ले जस्ता कम्पोनेन्टसँगका चुनौतीहरूले यी लक्ष्यहरू पूरा गर्न इन्जिनियरहरूलाई गाह्रो बनाएको देखिन्छ।

यी चुनौतिहरूको बावजुद, एप्पलले दुई ओटा फोल्डेबल आईफोन साइजका लागि एसियाली निर्माताहरूसँग कम्पोनेन्टहरू अर्डर गर्न छलफलमा छ।एप्पलको मापदण्ड पूरा नभएको खण्डमा भने परियोजना खारेज हुने सम्भावना रहेको रिपोर्टमा भनिएको छ।

अर्कोतर्फ, फोल्डेबल आईप्याड भने थप म्यानेजेबल टास्क (व्यवस्थित कार्य) जस्तो देखिएको उल्लेख छ। एप्पलले स्पष्ट रूपमा आईप्याड मिनीको जस्तै आकार भएको ८ इन्च स्क्रिनको सहितको इनवार्ड–फोल्डिङ्ग आईप्याडमा ध्यान केन्द्रित गरिरहेको छ।

एप्पलले प्राथमिक चुनौतीको रुपमा आफ्नो फोल्डेबल आईप्याडमा रिपिटेड फोल्डिङले गर्दा बन्ने क्रिजको समस्याबाट छुटकारा पाउनका लागि उपाय खोजी गरिरहेको जनाइएको छ। कम्पनीले स्क्रिनलाई पूर्ण रूपमा समतल बनाउन चाहेको छ, जसले सिमलेस अन्तरक्रिया र एप्पल पेन्सिल प्रयोग गर्न अनुमति दिनेछ।

Global Bank
easy care

प्रकाशित: २८ माघ २०८०, आईतवार