अध्यागमन विभागसँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ

Technology Khabar २६ माघ २०८०, शुक्रबार

अध्यागमन विभागसँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ
अध्यागमन विभागबाट प्रदान हुने सबै सेवाहरु अनलाइन प्रणालीमार्फत स्वचालित रुपमा अफिस आईओएन सिस्टमको सञ्चालन भइरहेकाले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्ने वेभसाइटको उदघाटनपश्चात मन्तव्य राख्दै उपप्रधानमंत्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौं ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन बिना मुलुकको सामाजिक आर्थिक रुपान्तरण र समृद्धि हासिल नहुने भन्दै सरकार सुशासन कायम गर्न लागिपरेको बताएका छन्।

अध्यागमन विभागद्वारा आज यहाँ आयोजित ‘ई–भिसा, कार्यालय स्वचालन र अनलाइन भुक्तानीको शुभारम्भ’ कार्यक्रममा उनले सरकार सुशासन सहितको सुधारका लागि प्रयासरत रहेको बताएका हुन्।

उनले अध्यागमन विभाग र यससँग सम्बन्धित सबै कार्यालयमा स्वचालित प्रणाली आवश्यक भएको बताउँदै उनले प्रविधि तथा सेवाग्राही मैत्री अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

“जनतालाई सहजरुपमा सेवा उपलब्ध गराउनु पनि सुशासनको अनिवार्य शर्त हो। त्यसैका आधारमा अहिले हामी काम अघि बढाइरहेका छौँ”, उनले भने, “अध्यागमनका सन्दर्भमा अहिले नै यो गुणात्मक फड्को हो। केही समयभित्र अन्तर्राष्ट्रियस्तरको अध्यागमन सञ्चालन गर्छौं।”

कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले अध्यागमन सुधारबारे जानकारी गराउँदै भविष्यमा ‘ग्लोबल पेमेन्ट’ को तयारी गरिरहेको बताए। रासस

Global Bank
easy care

प्रकाशित: २६ माघ २०८०, शुक्रबार