सूचना तथा प्रविधि मेला क्यान इन्फोटेक राजधानीमा सुरु

Technology Khabar २५ माघ २०८०, बिहीबार

सूचना तथा प्रविधि मेला क्यान इन्फोटेक राजधानीमा सुरु

काठमाडौं ।

राजधानीमा सूचना तथा प्रविधि मेला क्यान इन्फोटक सुरु भएको छ। कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) को आयोजना काठमाडौंमा २९ औं क्यान इन्फोटेक सुरु भएको हो।

पाँच दिनसम्म सञ्चालन हुने मेला काठमाडौंको भृकुटीमण्डपमा आज (बिहीबार) माघ २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदैछ।

मेलाको उद्घान गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिमा युवा जनशक्तिलाई आकर्षित गर्ने कार्यक्रम बनाउनुपर्ने बताईन्।

‘डिजिल अर्थतन्त्रलाई नेपाली अर्थतन्त्रको मूल आधार बनाउन वृहत सहकार्य आवश्यक छ । सूचना प्रविधि क्षेत्रमा देखिएको चुनौतीलाई व्यवस्थापन गर्न दक्ष जनशक्ति तथा पूर्वाधार निर्माण गर्न संघ, प्रदेश र स्थानीय तहमा निजी क्षेत्रसँग साझेदारी, सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध छ’, उनले भनिन् ‘आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउने, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान गर्दै सरकारका लागि आवश्यक सुझावका लागि पनि क्यान महासंघसँग आग्रह गर्दछु।’

क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले सूचना प्रविधिलाई निर्यात गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने भएकाले यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे। ‘सूचना प्रविधिका क्षेत्रमा भएका केही नीतिगत व्यवस्थाका कारण व्यवसायी र उद्यमीहरु मारमा रहेको छन्। दूरसञ्चार र इन्टरनेटको क्षेत्रमा अन्यौलता देखिएको छ। सरकार, उद्योग र शिक्षण संस्था बिच ठूलो खाडल छ। पछिल्लो समय प्रतिभा देशबाट पलायन हुने क्रम बढ्दो छ,’ अध्यक्ष पोदारले भने, ‘यस्तो अवस्थमा स्वदेशमा केही गर्न चहानेमा निराशा पैदा भइरहेको छ।’ यी र यस्तो चुनौती नीतिगत व्यवस्थाबाट मात्र सम्बोधन गर्न सकिन्छ।

पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्ने कम्पनीहरुका १५० ओटा स्टल रहेको आयोजकले जानकारी दिएका छन्। उक्त प्रदर्शनीमा करिब साढे तीन लाखले भ्रमण गर्ने आयोजकको विश्वास छ।

Global Bank
easy care

प्रकाशित: २५ माघ २०८०, बिहीबार