नेपाल र क्यानाडा बिचको सिरिज डिशहोम गो मा एचडी क्वालिटीमा प्रसारण हुँदै

Technology Khabar २५ माघ २०८०, बिहीबार

नेपाल र क्यानाडा बिचको सिरिज डिशहोम गो मा एचडी क्वालिटीमा प्रसारण हुँदै

काठमाडौं ।

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको द्विदेशिय सिरिज यही मिति २०२४ को फेब्रुअरी ८ तारिखदेखि डिशहोममा देखाईने भएको छ।

उक्त एक दिवशिय खेलहरू टियू अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट्स एचडी १ र डिशहोम गोमा एचडी क्वालिटीमा प्रसारण हुँदैछ।

डिशहोम गो ले यसअघि कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको समेत सफल प्रत्यक्ष प्रशारण गरेको थियो।

Global Bank
easy care

प्रकाशित: २५ माघ २०८०, बिहीबार