बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका एभरेस्ट नेटवर्कका कर्मचारीको करेन्ट लागेर मृत्यु

Technology Khabar २४ माघ २०८०, बुधबार

बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका एभरेस्ट नेटवर्कका कर्मचारीको करेन्ट लागेर मृत्यु
सांकेतिक तस्विर

काठमाडौं ।

कालीकोटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ लयाँटीका २९ वर्षीय प्रकाश बुढाको दैलेख र कालीकोटको सिमाना दही खोला नजिकै एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाले बताए।

मृतक एभरेस्ट नेटवर्ककै कर्मचारी रहेको प्रहरीले जनाएको छ।

बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्दा करेन्ट लागेको थियो। रासस

Global Bank
easy care

प्रकाशित: २४ माघ २०८०, बुधबार