टेरामोस ल्याउँदा र रोक्दा दुबैमा भष्ट्राचारः राप्रपा अध्यक्ष लिङदेन

Technology Khabar २४ माघ २०८०, बुधबार

टेरामोस ल्याउँदा र रोक्दा दुबैमा भष्ट्राचारः राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं ।

टेलिकम्यूनिकेसन ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामोस) वा टेरामोक्स समेत भनिने प्रविधि ल्याउँदा र रोक्दा दुवैमा भष्ट्राचार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आरोप लगाएका छन्।

अध्यक्ष लिङदेनले आज (बुधबार) प्रतिनिधि सभामा टेरामोस प्रविधि ल्याउँदा र रोक्दा दुवैमा भष्ट्राचार भएको बताएका हुन्।

‘टेरामोसबाट ल्याउने काममा पनि खाने र अनी त्यो ल्याउन रोके वापत पनि खाने,’ लिङदेनले भने। यो भन्दा अर्को लुटतन्त्र के हुन्छ भनेर उनले संसदमा प्रश्न पनि गरे।

टेरामोस दूरसञ्चार सेवा प्रदायकहरुले हामीलाई दिने भनेको सेवा गुणस्तरिय छ कि छैन, र हामीले सेवा वापत तिरको रकम बराको सेवा छ कि छैन हेर्ने प्रविधि भएको उनको दाबी छ। यसमा कल बाइपासका कुराहरु पनि रहेको उनले बताए।

‘एनटीसी, एनसेलले ग्राहकलाई जे सेवा दिने भनेको छ। त्यो दिएको छ कि छैन। हामीले जुन समय प्रयोग गरेको छौं ठ्याक्कै त्यही समयको पैसा काटेको छ कि बढी पैसा काटेको छ भन्ने थाहा पाउने यन्त्र टेरामोस हो,’ उनले भने।

अहिले उक्त प्रविधि ल्याउने क्रममै भष्ट्रचार भयो भनेर कयौं वर्षदेखि रोक लगाइएको उनको भनाइ छ।

Global Bank
easy care

प्रकाशित: २४ माघ २०८०, बुधबार