गुगलले आफ्नो गुगलले प्ले स्टोरको ३९.५.१८ एपीके रोलआउट गर्दै

Technology Khabar २३ माघ २०८०, मंगलवार

गुगलले आफ्नो गुगलले प्ले स्टोरको ३९.५.१८ एपीके रोलआउट गर्दै

काठमाडौं ।

गुगलले हालै एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि ३९.५.१८ भनेर चिन्ह लगाइएको भर्सन (संस्करण) लाई गुगल प्ले स्टोरको अपडेट (अद्यावधिक) गरिएको भर्सन (संस्करण) को रूपमा जारी गरेको छ।

साथै गुगलको नियमित सुधारको एक हिस्सा भएको यो पछिल्लो अद्यावधिकको परिवर्तन वा सुधारहरू सम्बन्धी कम्पनीले विशेष विवरणहरू खुलासा गरेको छैन।

कम्प्याटेबिलिटी (अनुकूलता) र डाउनलोड गर्ने तरिका

यो अपडेट एन्ड्रोइड ५.० (ललिपप) वा त्यो भन्दा माथिको रन गर्ने एन्ड्रोइड डिभाइसहरूको लागि डिजाइन गरिएको हो भने व्यापक अनुकूलता सुनिश्चित गरिएको उल्लेख छ। सामान्यतया उक्त अपडेट स्वचालित रूपमा स्थापना हुने भएकाले प्रयोगकर्ताहरूले म्यानुअल रूपमा डाउनलोड र इन्स्टलेसन प्रोसेस (स्थापना प्रक्रिया) सुरु गर्ने विकल्प पाउने छन। साथै डिभाइस अनुसार डाउनलोड साइज फरक हुन सक्छ भनि नोट गर्नु पर्नेछ।

प्ले स्टोर सर्च फिचर ओभरहाल (अपडेट)

गुगलले हाल प्ले स्टोरको सर्च फङ्गसनालिटीमा उल्लेखनीय परिमार्जनको साथ प्रयोग गरिरहेको र जसमा डेडिकेटेड सर्च पेजको परिचयसँगै सर्च (खोज) हरूको सुरुवात गर्नका लागि थप चरण थप्नुका साथै सर्च ट्याबको शीर्षमा सर्च बारलाई स्थानान्तरण गर्ने जस्ता कुरा समावेश रहेको उल्लेख छ।

यो पुनः डिजाइनले विज्ञापनको माध्यमबाट मुद्रीकरण अवसरहरू बढाउने उद्देश्य राखेको भए तापनि यसले उपयोगिता र थप आक्रामक विज्ञापन रणनीतिहरूको सम्भावनाको बारेमा चिन्तित प्रयोगकर्ताहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको छ।

गुगलले सन् २०२४ को जुन महिना देखि भारत, मेक्सिको र ब्राजिल लगायत छनौट गरिएका देशहरूमा रियल–मनी ग्याम्बलिङ एपहरूको उपलब्धतालाई फराकिलो बनाउने योजना बनाएको छ। साथै यो निर्णय सुरक्षा र कानुनी अनुपालनलाई बढावा दिन उमेर र स्थान प्रतिबन्धहरूको कडा पालनासँगै आउने छ।

त्यसैगरी यस विस्तारले जिम्मेवार गेमिङ अभ्यासहरूको महत्त्वलाई प्रकाश पार्दै एप विकासकर्ताहरू बीच प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ। यसले गुगलको सन् २०२१ को नीति समायोजनहरूलाई पालना गर्ने र जसले अमेरिकी बजारमा ग्याम्बलिङ एप्स (जुवा खेल्ने एपहरू) को उपस्थिति बढाउन अनुमति दिनुका साथै जुन क्षेत्र–विशिष्ट नियमहरू पूरा गर्न अनुकूल बनाइएको थियो।

गुगल प्ले स्टोर एपीके इन्स्टल गर्ने तरिका
आफ्नो एन्ड्रोइड उपकरणमा गुगल प्ले स्टोर एपीके म्यानुअल रूपमा स्थापना गर्नका लागि यी चरणहरू पालना गर्नुहोस्ः
– आफ्नो डिभाइसको सेटिङ खोल्नुहोस्।
– आफ्नो डिभाइसमा निर्भर गर्दै एप्लिकेसन वा सेक्योरिटीमा नेभिगेट गर्नुहोस्।
– गुगल प्ले स्टोर बाहेक अन्य स्रोतहरूबाट एप स्थापनाहरूलाई अनुमति दिन अज्ञात स्रोतहरू विकल्प सक्षम गर्नुहोस्।
– गुगल प्ले स्टोर एपीके डाउनलोड गर्नुहोस्।
– डाउनलोड गरिएको एपीके फाइल लाकेट गरेर इन्स्टलेसन (स्थापना) सुरु गर्न ट्याप गर्नुहोस्।
– इन्स्टलेसन प्रोसेस पूरा गर्न अन–स्क्रिन प्रम्प्टहरू पालना गर्नुहोस्।
– इन्स्टलेसन भएपछि, गुगल प्ले स्टोर आइकन तपाईंको होम स्क्रिनमा वा एप ड्रअरमा देखा पर्नेछ।

यी निर्देशनहरू पालना गरेर, आफ्नो डिभाइसमा नयाँ सुविधाहरू र सुधारहरूसँग अद्यावधिक राख्दै गुगल प्ले स्टोरको नवीनतम संस्करण चल्नेछ।

Global Bank
easy care

प्रकाशित: २३ माघ २०८०, मंगलवार