फोल्डेबल डिस्प्ले बजार बिक्रीमा चीनको बीओई सामसङ भन्दा अगाडि

Technology Khabar २२ माघ २०८०, सोमबार

फोल्डेबल डिस्प्ले बजार बिक्रीमा चीनको बीओई सामसङ भन्दा अगाडि

काठमाडौं ।

गत वर्ष फोल्डेबल स्मार्टफोन खण्डमा धेरै ओईएमहरू डेब्यु गरेसँगै फोल्डेबल स्मार्टफोनहरू अधिक मानिसहरु माझ पुग्दै छन्। साथै बिक्रीमा भएको वृद्धिसँगै फोल्डेबल डिस्प्लेको आवश्यकता पनि अहिलेसम्मकै उच्चमा स्थितिमा रहेको उल्लेख छ।

फोल्डेबल डिस्प्लेको बजारमा लामो समयदेखि अग्रपंक्तिमा रहेको सामसङ डिस्प्लेलाई पछाडि पार्दै बीओई नयाँ नेताको रूपमा उदाएको छ। डिस्प्ले सप्लाई चेन कन्सल्टिङ (डीएससीसी) को प्रतिवेदन अनुसार बीओईले २०२३ को चौथो त्रैमासिकमा कमान्डिङ रुपमा ४२ प्रतिशत मार्केट सेयर हासिल गर्यो भने सामसङ डिस्प्लेको बजार ३६ प्रतिशत रहेको उल्लेख छ।

फोल्डेबल डिस्प्लेको वरिपरि बढ्दो अनुसन्धान र विकासले अन्ततः चीन बीओईको लागि लाभदायक सावित भएको छ। बीओई शीर्ष स्थानमा उक्लनुको श्रेय भने स्मार्टफोन उद्योगको प्रमुख खेलाडी ह्वावेको फोल्डेबल डिस्प्लेको पर्याप्त मागलाई दिइएको छ। सन् २०२३ को चौथो त्रैमासिकमा फोल्डेबल डिस्प्ले खरिदमा ह्वावेको उल्लेखनीय १२२ प्रतिशत वृद्धिले बीओईको वृद्धिलाई थप बढाएको हो।

अर्कोतर्फ, सामसङले उल्लेखनिय रुपमा ७६ प्रतिशत (तेस्रो त्रैमासिक) बाट ३६ प्रतिशत ( चौथो त्रैमासिक) मा त्रैमासिक गिरावटको अनुभव गरेको र यो संख्याले सामसङको लागि ठूलो गिरावटलाई चिन्ह लगाएको छ। यसका साथै यो गिरावटले ग्लोबल ओएलईडी फोल्डेबल बजारमा सामसङको निर्बाध ५ वर्षको प्रभुत्व गुमेको सङ्केत गरेको प्रतिवेदनमा उल्लेख छ।

नयाँ विकासले फोल्डेबल डिस्प्ले बजारमा भएको परिवर्तनलाई जनाउने तथा माग र आपूर्ति प्रवृतिको अन्तरक्रियालाई प्रतिबिम्बित गर्नेछ।

ह्वावेसँगको साझेदारी र फोल्डेबल स्मार्टफोनहरूको बढ्दो मागले चीनको बीओईलाई सन् २०२३ को चौथो त्रैमासिकमा पहिलो स्थानमा खडा गराएको हो। त्यसैगरी गत वर्ष फोल्डेबल फोनहरू लन्च गर्ने अन्य धेरै चिनियाँ ओईएमहरूले पनि बीओईको बिक्रीमा भएको वृद्धिलाई मद्दत पूर्याएको उल्लेख छ।

तर सामसङ इलेक्ट्रोनिक्सले सन् २०२४ को दोस्रो त्रैमासिकमा सामसङ एसडीआईबाट फोल्डेबल प्यानलहरूको खरिद बढाउने भएकाले यो प्रवृत्ति लामो समयसम्म नटिक्ने अनुमान छ।

Global Bank
easy care

प्रकाशित: २२ माघ २०८०, सोमबार