वानप्लस ११ र १२ पछिल्लो सफ्टवेयर अपडेटमा नयाँ एआई पावर्ड फिचर्स

Technology Khabar २२ माघ २०८०, सोमबार

वानप्लस ११ र १२ पछिल्लो सफ्टवेयर अपडेटमा नयाँ एआई पावर्ड फिचर्स

काठमाडौं ।

वानप्लसले चीनमा वानप्लस ११ र १२ को लागि सफ्टवेयर अपडेट रोल आउट गरेको छ। यस अपडेटले दुबै स्मार्टफोनमा नयाँ एआई पावर्ड फिचर्स दिएको छ।

वानप्लसको ११ को अपडेट फर्मवेयर भर्सनमा पीएचबी ११०–१४.०.०.४०३(सीएन०१) र वानप्लस १२ को अपडेट फर्मवेयर भर्सनमा पीजेडी ११०–१४.०.०.४०५(सीएन०१) छ। दुबै ब्रीनो टच अपग्रेडका साथ वानप्लस ११ र १२ मा एआई समराइजर, एआईजीसी रिभूवर र आर्टिकल समराइजर ल्याउँछ।

यसका अतिरिक्त, अपडेट वानप्लस ११ र १२ को सेटिङमा ‘डिभाइस मोशन एण्ड ओरिएन्टेशन’ अनुमति जोड्छ। र प्रयोगकर्ताको स्क्रीनको सक्रिय नगरि फिङगरप्रिन्ट स्क्यानरका साथ फोन अनलक गर्न दिन्छ।

प्रयोगकर्ताले अलवेज–अन डिस्प्लेमा क्यूक्यू म्यूजिकको पनि नियन्त्रित गर्न सक्नेछन्। र अब उनीहरुसँग स्टेटस बार वा फ्लोटिङ विन्डोमा स्क्रीन रेकर्डिङ इन्डिकेटर डिस्प्ले गर्ने विकल्प छ।

वानप्लस १२ को अपडेटले फोनको ब्लुटूथ, एनएफसी र डब्ल्यूएलएएन नेटवर्क स्थिरता र अनुकूलतामा पनि सुधार गर्दछ। जबकी सबवे जस्तो ठाउँहरुमा नेटवर्क सिग्नलहरुको समस्यालाई पनि समाधान गर्दछ।

Global Bank
easy care

प्रकाशित: २२ माघ २०८०, सोमबार

ताजा समाचार