भारतको आर्थिक वर्ष २०२५ मा अनलाइन जुवा करबाट १ खर्ब ४० अर्ब भारु संकलन गर्ने

Technology Khabar २२ माघ २०८०, सोमबार

भारतको आर्थिक वर्ष २०२५ मा अनलाइन जुवा करबाट १ खर्ब ४० अर्ब भारु संकलन गर्ने

काठमाडौं ।

भारतले आगामी आर्थिक वर्षमा अनलाइन जुवा कम्पनीहरूलाई कर लगाएर १ खर्ब ४० अर्ब भारु (१.७ बिलियन डलर) गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) संकलन गर्ने अपेक्षा गरेको छ। अनलाइन जुवा कम्पनीबाट १ खर्ब ४० अर्ब भारु संकलन गर्ने लक्ष्य राखेको राजश्व सचिव सञ्जय मल्होत्राले शनिबार रोयटर्सलाई बताएका हुन्।

भारत सरकारले अक्टोबरमा अनलाइन गेमिङ कम्पनीलाई आफ्ना ग्राहकहरूको प्रत्येक बाजीको लागि संकलन गर्ने रकममा २८ प्रतिशत कर लगाएको थियो। जसले विश्वव्यापी लगानीकर्ताहरूद्वारा समर्थित १.५ बिलियन डलर उद्योगलाई स्तब्ध पारेको थियो। सरकारले लतको चिन्तालाई उद्धृत गर्दै यो कदमको बचाउ गरेको थियो।

मार्च ३१ मा सकिने आर्थिक वर्षमा सरकारले करबापत करिब ७५ अर्ब भारु संकलन गर्ने मल्होत्राले अन्तर्वार्तामा भने, यो रकम अघिल्लो वर्ष १६ अर्ब भारु थियो।

अक्टोबर–डिसेम्बरको त्रैमासिकमा कर वापत ३५ अर्ब भारु संकलन भएको उनले बताए।

Global Bank
easy care

प्रकाशित: २२ माघ २०८०, सोमबार