एनएसएले ह्याकरहरूबाट अमेरिकी नागरिकहरुको डाटा किनेको खुलासा

Technology Khabar १८ माघ २०८०, बिहीबार

एनएसएले ह्याकरहरूबाट अमेरिकी नागरिकहरुको डाटा किनेको खुलासा

काठमाडौं ।

अमेरिकी सिनेटर वाइडेनको पत्रले एनएसएले पनि डाटा ब्रोकरहरूबाट अमेरिकीको डाटा खरिद गरिरहेको दाबी गरेको छ। उनले यो चिन्ताजनक अवस्था भएको समेत बताएका छन्।

सिनेटर रोन वाइडेनको पत्र अनुसार एनएसएले संयुक्त राज्य अमेरिकामा व्यक्तिहरूको बारेमा जानकारी खरिद गरिरहेको छ। एजेन्सीले फोन कलहरू, इमेलहरू, इन्टरनेट ब्राउजिङ, सोसल मिडिया एक्टिभिटिज (सामाजिक मिडिया गतिविधिहरू), र लोकेसन (स्थान) डाटा जस्ता स्रोतहरूबाट डाटाका साथै भिजीटेड वेबसाइटहरू र युज्ड एपहरू सहितका इन्टरनेट रेकर्डहरू सङ्कलन गर्ने उल्लेख छ।

रिपोर्टअनुसार एनएसएले डाटा ब्रोकरहरूबाट डाटा खरिद गरेको पहिलो प्रमाण एडवर्ड स्नोडेनले सन् २०१३ मा खुलासा गरेका थिए। साथै एनएसएले अमेरिकी नागरिकहरूसहित विश्वभरका व्यक्तिहरूको प्रोफाइल बनाउनका लागि यी डाटाहरू प्रयोग गरेको स्नोडेनले दावी गरेका थिए। यसलाई अब, सिनेटर रोन वाइडेनको विज्ञप्तीले पुष्टि गरेको उल्लेख गरिएको छ।

यसबाहेक, उक्त तथ्याङ्क कसबाट प्राप्त गरिएको थियो वा कुन अवस्थामा सङ्कलन गरिएको थियो भन्ने बारेमा भने केही पनि जानकारी उपलब्ध नभएको उल्लेख छ।

सिनेटर रोन वाइडेनले यो मुद्दालाई प्रकाशमा ल्याएको र यो अभ्यास रोक्न सरकारसँग माग गरेको गीज्मोचाइनाले रिपोर्टमा उल्लेख गरेको छ।

Global Bank
easy care

प्रकाशित: १८ माघ २०८०, बिहीबार