गुगलले पिक्सेल ट्याब्लेटमा भ्वाइस टाइपिङ टूलबार परीक्षण गर्दै

Technology Khabar १० माघ २०८०, बुधबार

गुगलले पिक्सेल ट्याब्लेटमा भ्वाइस टाइपिङ टूलबार परीक्षण गर्दै

काठमाडौं ।

गुगलको किबोर्ड एप ‘जीबोर्ड’ ले पिक्सेल ट्याब्लेटमा भ्वाइस टाइपिङका लागि नयाँ सुविधामा काम गरिरहेको छ। तिनीहरूले एपको पछिल्लो बिटा संस्करण (१३.७) मा केही परिवर्तन गरेको उल्लेख छ।

सामान्य फुल किबोर्डको सट्टा तिनीहरूले केहि सरल र थप सुव्यवस्थितका लागि प्रयास गरिरहेको छ।

गुगल एसिस्टेन्ट भ्वाइस टाइपिङ ट्रिगर गर्दा मुख्य अपडेटको रुपमा स्लीक, पिल–सेप्ड (आकार) को टूलबार अप्सन (विकल्प) देखा पर्नेछ। गुगलले यो यूआई “भ्वाइस टाइपिङ गर्दा स्क्रिन बढि देखियोस्” भन्ने तरिका भएको बताएको छ।

यो टूलबारको डिजाइन भ्वाइससँग टाइप गर्दा अधिक रुपमा स्क्रिन देखिने तवरले मद्दत पुग्ने ढङ्गले गरिएको छ। त्यसैगरी यो सानो र प्रभावकारी हुनुका साथै धेरै स्पेस (ठाउँ) नओगटि/नलिई आवश्यक अप्सन्स (विकल्पहरू) मात्र देखाउने छ।

यसले छिटो सेटिङहरू परिवर्तन गर्न, भ्वाइस कमाण्ड प्रयोग गर्न, इमोजीहरूमा स्विच गर्न र क्लिपबोर्ड एक्सेस (पहुँच) गर्न अनुमति दिने उल्लेख छ। साथै, यसलाई स्क्रिनको वरिपरि आफूले चाहेको ठाउँ र भर्टिकल्ली (ठाडो रूपमा) पनि सार्न सकिने जनाइएको छ भने यो विभिन्न कार्यहरू वा केवल आफ्नो आरामको लागि उत्कृष्ट हुने उल्लेख गरिएको छ।

त्यसैगरी, टाइप गरिरहेको ठाउँ नजिकै टेक्स्ट सजेसन्स (पाठ सुझावहरू) पनि प्राप्त गरिने भएकाले टाइप गर्न र सम्पादन गर्न थप सजिलो हुनेछ। साथै फुल किबोर्ड चाहिएको खण्डमा भने केवल एक ट्याप गरे पुग्ने छ।

हाल यो नयाँ टूलबार एन्ड्रोइड १४ क्यूपीआर१ सहितको एउटा पिक्सेल ट्याब्लेटमा मात्र उपलब्ध भएको जनाइएको छ।

यद्यपी गुगलले यो सुविधा पिक्सेल फोनहरू जस्ता थप डिभाइसहरूमा ल्याउनेछ कि छैन भन्ने बारेमा कुनै पनि स्पष्टता छैन्।

गुगलले गत वर्ष फोनहरूका लागि यस्तै केही संकेत गरेको हुनाले भ्वाइस टाइपिङको यो नयाँ तरिका ट्याब्लेटहरूको लागि मात्र नहुन सक्ने थप उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: १० माघ २०८०, बुधबार