एप्पलको १२.९ इन्च आईप्याड एयरको डिजाइन खुलासा

Technology Khabar ९ माघ २०८०, मंगलवार

एप्पलको १२.९ इन्च आईप्याड एयरको डिजाइन खुलासा

काठमाडौं ।

गत वर्ष आईप्याड एयरको अपग्रेडलाई स्किप गरेको एप्पलले हालको सबैभन्दा ठूलो आईप्याड प्रोको साइजसँग म्याच गर्ने ठूलो १२.९ इन्च आईप्याड एयर लन्च गर्ने तयारी गरिरहेको उल्लेख छ। साथै यो हाल उपलब्ध १०.९ इन्च आईप्याड एयरबाट ठूलो साइज बम्प हुने थप उल्लेख गरिएको छ।

९१मोबाइल्सले आगामी आईप्याड एयरको खेस्रा डिजाइन देखाउने सिमेटिक्सको बन्च फेला पारेको र जुन यसै वसन्तमा अनावरण गरिने सम्भावना रहेको जनाइएको छ।

त्यसैगरी उक्त तस्विरहरूमा परिचित समग्र डिजाइन ल्याङ्गवेज देखिएको र एलईडी फ्ल्यासका साथै रियर (पछाडिको) क्यामराले भने आईफोन एक्स/एक्स एस डिजाइनको सम्झना दिलाउने उल्लेख छ।

यद्यपी, यी योजनाहरूले डिजाइन बाहेक अन्य थप विवरणहरुको बारेमा केही पनि खुलासा गरेको छैन्। यस लिकले उक्त डिभाइस्को रिलीज नजिकिएको संकेत गर्ने तर्क गर्न सकिन्छ।

Sajilo Visa

प्रकाशित: ९ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया