एप्पल आईप्याड प्रो को १३ इन्च र ११ इन्च मोडलहरूको ओएलईडी प्यानलको उत्पादन सुरु

Technology Khabar ४ माघ २०८०, बिहीबार

एप्पल आईप्याड प्रो को १३ इन्च र ११ इन्च मोडलहरूको ओएलईडी प्यानलको उत्पादन सुरु

काठमाडौं ।

एप्पलले लामो समयदेखि ओएलईडी आईप्याड प्रो मोडलहरूमा काम गरिरहेको चर्चा रहँदै आएको छ। अब, दक्षिण कोरियाको ताजा रिपोर्टले आगामी आईप्याड प्रोका लागि ओएलईडी प्यानलको उत्पादन सुरु भएको दाबी गरेको छ।

सामसङ डिस्प्ले र एलजी डिस्प्लेले यी ओएलईडी डिस्प्लेहरू निर्माण गरिरहेको द इलेकको एक रिपोर्टमा भनिएको छ।

यस अघिको रिपोर्टमा, एलजी डिस्प्लेले सन् २०२४ को फेब्रुअरी महिनाबाट ओएलईडी आईप्याड प्रो डिस्प्ले उत्पादन सुरु गर्ने अपेक्षा गरिएको थियो। तर कोरियाको पछिल्लो रिपोर्टले एलजीले नेक्स्ट जेन एप्पल आईप्याड प्रोको लागि ओएलईडी डिस्प्लेहरू निर्माण गरिरहेको दाबी गरेको छ। यसले १३ इन्चको डिस्प्ले (अघिल्लो रिपोर्टअनुसार १२.९ इन्च) निर्माण गरिरहेको र ११ इन्चको ओएलईडी प्यानलहरू पनि चाँडै उत्पादन लाइनमा आउने थप उल्लेख गरिएको छ।

कुपर्टिनो बेस्ड जायन्टले यस वर्षको दोस्रो क्वाटरमा दुई नयाँ दुई नयाँ ओएलईडी आईप्याड प्रो र दुई नयाँ आईप्याड एयर मोडलहरूमा काम गरिरहेको छ।

सामसङ डिस्प्लेले पनि यस हप्ता पछि यी आईप्याड प्रोहरूको लागि ओएलईडी उत्पादन सुरु गर्ने अपेक्षा गरिएको हुनाले अब एलजी ओएलईडी प्यानलहरूको एकमात्र आपूर्तिकर्ता नहुने उल्लेख गरिएको छ। एलजी डिस्प्लेले १३ इन्चको ओएलईडी प्यानलहरूमा फोकस गर्ने छ भने सामसङ डिस्प्लेले मुख्यतया ११ इन्च भेरियन्टहरू बनाउनेछ।

यद्यपी, यी आईप्याडहरूको बारेमा विस्तृत विवरणहरू जस्तै तिनीहरूको मूल्य निर्धारणको बारेमा अझै पनि केही जानकारीहरु उपलब्ध नभएको बताईएको छ।

अहिलेसम्म थाहा भए अनुसार नयाँ आईप्याड प्रोहरू सम्भवतः एप्पल एम३ प्रोसेसरसँग सुसज्जित हुनेछन्। साथै यसले गर्दा तिनीहरूका पूर्ववर्ती भन्दा मूल्य ट्यागमा अलिकति वृद्धि हुन सक्नेछ।

Sajilo Visa

प्रकाशित: ४ माघ २०८०, बिहीबार