ओप्पो प्याड नियो ९० हर्ज डिस्प्ले, र ३३ वाट सुपरभोक चार्जिङका साथ लन्च

Technology Khabar २७ पुष २०८०, शुक्रबार

ओप्पो प्याड नियो ९० हर्ज डिस्प्ले, र ३३ वाट सुपरभोक चार्जिङका साथ लन्च

काठमाडौं ।

ओप्पोले बिहीबार मलेसियामा नयाँ उत्पादनहरुको घोषणा गरेको छ। उक्त सूचीमा रेनो ११ फाईभजी, रेनो ११ प्रो फाईभजी, एन्को एयर ३एस, एन्को बड्स २ प्रो र ओप्पो प्याड नियो समावेश रहेका छन्।

त्यसैगरी मलेसिया प्याड नियो प्राप्त गर्ने पहिलो बजार बनेको छ।

ओप्पो प्याड नियो स्पेसिफिकेसन्स र फिचरहरू

ओप्पो प्याड नियोमा ११.३५–इन्च एलसीडी प्यानल फिचर गरिएको उल्लेख छ। साथै ११.३५ इन्चको उक्त एलसीडी प्यानलले २४०८ x १७२० पिक्सेल्सको २.४ के रिजोल्युसन, ९० हर्ज रिफ्रेस रेट, १८० हर्ज टच स्यामपलिङ रेट, २६०पीपीआई पिक्सेल डेनसिटी, ४०० निट्स सम्मको ब्राईटनेस (उज्यालोपन) र ८६.४ प्रतिशतको स्क्रिन–टु–बडी रेसियो प्रदान गर्दछ। त्यसैगरी ट्याब्लेटको मापन २५५.१२ x १८८.०४ x ६.८९एमएम रहेको छ भने यसको तौल ५३८ ग्राम रहेको छ।

त्यसका साथै प्याड नियोमा हेलियो जी९९ चिपसेट, ६ जीबी/८ जीबी एलपीडीडीआर४एक्स र्याम र १२८ जीबी को यूएफएस २.२ स्टोरेज रहेको छ। ट्याब्लेटमा ८,०००एमएएच ब्याट्री समावेश गरिएको र जसले ३३वाट सुपरभीओओसी चार्जिङलाई समर्थन गर्नेछ। यद्यपी एन्ड्रोइडको सही संस्करणको बारेमा उपकरणको आधिकारिक सूचीमा उल्लेख नगरिए तापनि यो ट्याब्लेट कलरओएस १३.२ मा चल्ने उल्लेख छ। साथै ट्याब्लेटको अनबोर्डमा एन्ड्रोइड १३ रहने सम्भावना छ।

ओप्पो प्याड नियोमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने यसको पछाडिको प्यानलमा पनि अटोफोकस समर्थन सहितको ८ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ। अडियो फाइलहरूको लागि भनेर ट्याब्लेटमा डल्बी एटमस–पावर्ड क्वाड स्पिकरहरू समावेश गरिएकोछ।

त्यसैगरी ट्याब्लेटले सिम सपोर्ट, वाई–फाई ५, ब्लुटुथ ५.२, जीपीएस, र यूएसबी–सी पोर्ट जस्ता अन्य सुविधाहरू प्रदान गर्ने जनाइएको छ।

ओप्पो प्याड नियो मलेसियामा वाई–फाई र एलटीई गरी दुई संस्करणमा उपलब्ध रहेको र यो विशेष रूपमा स्पेस ग्रे कलर विकल्पमा उपलब्ध भएको उल्लेख गरिएको छ। प्याड नियोको ६जीबी+१२८जीबी (वाई–फाई) संस्करण र ८जीबी+१२८जीबी (एलटीई) संस्करण गरी मलेसियामा दुई भेरियन्टमा उपलब्ध रहेको छ।

यिनीहरुको मूल्य क्रमशः १,१९९ आरएम (मलेशियन रिङ्गिट) (२५८ अमेरिकी डलर) र १,३९९ आरएम (मलेशियन रिङ्गिट) (३०१ अमेरिकी डलर) पर्ने उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: २७ पुष २०८०, शुक्रबार