सीईएसमा इन्टेल कोर अल्ट्रा प्रोसेसर्सको साथ लेनोभोले ल्यायो नयाँ थिंकबुक ल्यापटप

Technology Khabar २७ पुष २०८०, शुक्रबार

सीईएसमा इन्टेल कोर अल्ट्रा प्रोसेसर्सको साथ लेनोभोले ल्यायो नयाँ थिंकबुक ल्यापटप

काठमाडौं ।

अमेरिकाको लस भेगासमा आयोजना भइरहेको “सीईएस २०२४” कार्यक्रममा लेनोभोले नयाँ प्रोडक्ट (उत्पादनहरू) को रेन्ज अनावरण गरेको छ।

उक्त कार्यक्रममा योगा ९आई र ७आई टु–इन–वान ल्यापटपहरू, थिंकबुक प्लस जेन ५ हाइब्रिड, थिंकसेन्टर सिरिजका साथै आरजीबी गेमिङ माउस र मिनी किबोर्डको लिजन सिरिज समावेश रहेका छन्। साथै यी प्रोडक्ट मध्ये, नवीनतम थिंकबुक लाइनअप स्ट्यान्डआउट भएको उल्लेख गरिएको छ।

लेनोभो थिंकबुक १३ एक्स जेन ४, थिंकबुक १४आई जेन ६ प्लस र थिंकबुक १६पी जेन ५

पातलो र हलुका श्रेणीको ल्यापटप खोजिरहेकालाई लेनोभोको नयाँ थिंकबुक मोडलहरू उपयुक्त हुन सक्नेछ। विभिन्न आवश्यकताहरूका लागि समाधानहरू उत्पादन गर्ने कम्पनीले यी समाधानहरूलाई लेनोभो थिंकबुक १३x जेन ४, थिंकबुक १४आई जेन ६ प्लस र थिंकबुक १६पी जेन ५ मा आधुनिक प्रविधिहरूसँग संयोजन गरेको छ।

साथै लेनोभो थिंकबुक १३ एक्स जेन ४, थिंकबुक १४आई जेन ६ प्लस, र थिंकबुक १६पी जेन ५ को फिचर्सको विवरणहरूको बारेमा उल्लेख गरिएको छ।

लेनोभो थिंकबुक १३ एक्स जेन ४

  • प्रोसेसरः नवीनतम इन्टेल कोर अल्ट्रा प्रोसेसर्स
  • ओएसः माइक्रोसफ्ट विन्डोज ११
  • मेमोरीः ३२जीबी एलपीडीडीआर५ एक्स सम्म
  • स्टोरेजः २टीबी जेन ४ पीसीआईई एसएसडी सम्म
  • ग्राफिक्स अप्सन्सः इन्टेल आर्क जीपीयू
  • डिस्प्लेः १३.५–इन्च अल्ट्रा–नेरो बेजेल डिस्प्ले, ३ः२ एस्पेक्ट रेसियो, भेरियस (विभिन्न) रिजोल्युसन र रिफ्रेस रेट, एचडीआर४००, डल्बी भिजन, टीयूभी लो ब्लू लाइट, आईसेफ
  • अडियोः डल्बी एटमसका साथ ४ एक्स हरमन/कार्डन स्पिकरहरू, ४ एक्स माइक्रोफोन एरे
  • क्यामराः ई–क्यामेरा शटरको साथ एफएचडी आरजीबी+आईआर एमआईपीआई
  • ब्याट्रीः ७४ घन्टा
  • सेक्योरिटीः डीटीपीएम २.०, पावर बटनमा फिङ्गरप्रिन्ट रिडर, क्यामरा प्राइभेसी शटर, केन्सिङ्टन लक स्लट
  • कनेक्टिभिटीः ३ एक्स यूएसबी–सी (थन्डरबोल्ट ४), १ x कम्बो अडियो ज्याक, म्याजिक बे एक्सेसरीजका लागि पोगो पिन स्लट, डब्ल्यूएलएएन वाईफाई ६ई, ब्लुटुथ ५.२
  • डिजाइनः आयामहरु – २९३.५एमएम x २०५.३एमएम x १२.९एमएम, तौल–१ केजी (किलोग्राम) (२.२० एलबीएस)

थिंकबुक १४आई जेन ६ प्लस

  • प्रोसेसरः नवीनतम इन्टेल कोर अल्ट्रा प्रोसेसर्स
  • ओएसः माइक्रोसफ्ट विन्डोज ११
  • मेमोरीः ३२जीबी एलपीडीडीआर५ एक्स सम्म
  • स्टोरेजः २टीबी जेन ४ पीसीआईई एसएसडी सम्म
  • ग्राफिक्सः इन्टेल आर्क जीपीयू
  • डिस्प्ल अप्सन्सः १४.५–इन्चः३के १२०हर्ज आईपीएस, ४००निट, डल्बी भिजन
  • २.५के ९० हर्ज आईपीएस, ३५०निट
  • २.५९के ९०हर्ज ओएलईडी
  • अडियोः डल्बी एटमसको साथ स्टेरियो स्पिकरहरू, २ माइक्रोफोन एरे
  • क्यामराः एफएचडी प्लस आईआर प्राइभेसी शटर, एचडी आरजीबी प्राइभेसी शटर
  • ब्याट्रीः ८५ घन्टा
  • सेक्योरिटीः डीटीपीएम २.०, केन्सिङ्टन लक स्लट
  • कनेक्टिभिटीः एउटा थन्डरबोल्ट ४, एउटा यूएसबी–सी ३.२ जेन २, दुई यूएसबी–ए ३.१, १ हिडन यूएसबी–ए २.०, एउटा एचडीएमआई २.१, १ x आईजे४५, एउटा कम्बो अडियो ज्याक, थ्री–इन–वान माइक्रोएसडी कार्ड रिडर, टीजीएक्स पोर्ट एस
  • वायरलेसः डब्ल्यूल्यान वाई–फाई ६ई, ब्लुटुथ ५.२

थिंकबुक १६पी जेन ५

  • प्रोसेसरः इंटेल कोर आईढ जेन १४
  • ओएसः माइक्रोसफ्ट विन्डोज ११
  • मेमोरीः ६४ जीबी एलपीडीडीआर५ एक्स सम्म (३२ जीबी प्लस ३२ जीबी)
  • स्टोरेजः ४टीबी जेन ४ पीसीआईई एसएसडी (२ टीबी प्लस २ टीबी) सम्मको डुअल एसएसडी स्लटहरू
  • ग्राफिक्स अप्सन्सः एनभिडिया जीफोर्स आरटीएक्स ४०६० जीपीयू
  • डिस्प्लेः १६–इन्च ३.२के १६५हर्ज, ४३०निट, १००% डीसीआई–पी३, आईसेफ
  • अडियोः डल्बी एटमस सँगको ४ x हरमन/कार्डन स्पिकरहरू, २ x माइक्रोफोन एरे
  • क्यामराः एफएचडी हाइब्रिड आईआर प्राइभेसी शटर
  • ब्याट्रीः ८० घन्टा
  • सेक्योरिटीः एफटीपीएम २.०, पावर बटनमा फिङ्गरप्रिन्ट रिडर, क्यामेरा प्राइभेसी शटर, केन्सिङ्टन लक स्लट
  • कनेक्टिभिटीः २ x थन्डरबोल्ट ४, १ x अडियो (हेडफोन र माइक्रोफोन कम्बो ज्याक), ३ x यूएसबी–ए (२ x ५जीबीपीएस, १ x १०जीबीपीएस), एसडी कार्ड रिडर, एचडीएमआई २.१, म्याजिक बे एक्सेसरिजको लागि पोगो पिन स्लट, डब्ल्यूल्यान वाई–फाई ६ई, ब्लुटुथ ५.२
Global Bank
easy care

प्रकाशित: २७ पुष २०८०, शुक्रबार