Technology Khabar २५ पुष २०८०, बुधबार
काठमाडौं ।
लेनोभोले नयाँ थिंकबुक प्लस जेन ५ हाइब्रिड ल्यापटप अनावरण गरेको छ। साथै यस नयाँ डिभाइसमा दुई ओटा प्रोडक्ट (उत्पादन) हरूलाई एउटैमा ब्लेन्ड गरिएको छ।
टु–इन–वान ल्यापटपले सामान्यतया ट्याब्लेट–जस्तो फङ्गसनालिटी (कार्यक्षमता) लाई संकेत गर्ने भए तापनि कम्पनीले नयाँ थिंकबुक हाइब्रिड ल्यापटपको साथ फुल फ्लेज एन्ड्रोइड एक्सपिरियन्स (अनुभव) प्रदान गर्ने उल्लेख छ।
लेनोभो थिंकबुक प्लस जेन ५ हाइब्रिडका विशेषता
चिनियाँ टेक जायन्टले एक युनिक टु–इन–वान फिचर अन्तर्गत एन्ड्रोइड ट्याब्लेटसँग माइक्रोसफ्ट विन्डोज ल्यापटपलाई ब्लेन्ड गरेको छ। यो नोटबुकको बेसमा विन्डोज पीसी फिचर गरिएको छ, जसमा किबोर्ड र मुख्य आन्तरिक स्पेक्सहरू रहेको छ। त्यसैगरी एन्ड्रोइड ट्याब्लेटको डिस्प्ले अर्को आधा भाग भएको र बेसबाट अलग गर्न सकिने जनाइएको छ।
साथै यसलाई प्राप्त गर्नको लागि एन्ड्रोइड ट्याब्लेटमा सबै आवश्यक हार्डवेयरहरू फिचर गरिएको छ, जसले स्ट्यान्डअलोन एन्ड्रोइड अनुभव सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
विन्डोज ११ ल्यापटपको आधा भाग इन्टेल कोर अल्ट्रा ७ प्रोसेसरले सुसज्जित रहेको र जसलाई ३२जीबी र्याम र १टीबी एसएसडी स्टोरेजसँग पेयर्ड गरिएको छ। साथै यस डिभाइसमा ७५ वाट आवरको ठूलो ब्याट्री प्याक समावेश गरिएको छ।
डिस्प्लेलाई डिट्याच (अलग) गर्दा पनि यस नोटबुकलाई एक्सटर्नल मोनिटरमा जडान गरेर प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
त्यसैगरी एन्ड्रोइड ट्याब्लेटमा भने क्वालकम स्न्यापड्रागन ८ प्लस जेन १ एसओसी समावेश गरिएको र जसलाई १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेजसँग जोडिएको छ।
यसको प्यानल २.८के रिजोल्युसनसहितको १४ इन्च ओएलईडी डिस्प्ले छ। साथै ट्याब्लेटमा ३८ वाट आवरको ब्याट्री प्याक रहेको र ट्याब्लेट एन्ड्रोइड १३ ओएमा संचालन हुनेछ।
अन्य फिचरहरूमा ल्यापटप र ट्याब्लेट– दुवैमा ब्लुटुथ ५.२ र वाई–फाई ६ई, १३–मेगापिक्सेल रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, दुईओटा यूएसबी टाइप सी पोर्ट, कम्बो अडियो ज्याक र हाइब्रिड यूएसबी टाइप–सी पोर्ट ट्याब्लेटमा समावेश गरिएका छन्।
लेनोभो थिंकबुक प्लस जेन ५ हाइब्रिड ल्यापटप यस वर्षको दोस्रो त्रैमासिकमा रिलिज हुने तय गरिएको छ। साथै यसको अनुमानित प्रारम्भिक मूल्य १,९९९ अमेरिकी डलर हुनेछ।
लेनोभो थिंकबुक प्लस जेन ५ हाइब्रिड ल्यापटपलाई सीईएस २०२४ मा अनावरण गरिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २५ पुष २०८०, बुधबार