ह्वावे नोभा १२ सिरिजका स्मार्टफोनहरु एक दिनमै पुरा बुकिङ्ग

Technology Khabar १२ पुष २०८०, बिहीबार

ह्वावे नोभा १२ सिरिजका स्मार्टफोनहरु एक दिनमै पुरा बुकिङ्ग

काठमाडौं ।

ह्वावेको नविनतम स्मार्टफोन नोभा १२ सिरिज एक दिनमै पूर्णरुपमा बुकिङ्ग भएको छ। ह्वावेले मंगलबार चीनमा आयोजना गरेको लन्चिङ्ग कार्यक्रमको स्टार ह्वावे नोभा १२ सिरिज रहेको थियो। यो कम्पनीको पछिल्लो अपर मिड–रेन्ज स्मार्टफोन लाइनअप हो।

सिरिजका सबै चार ओटा डिभाइसहरूको घोषणा पछि तिनीहरू प्रि–अर्डरको लागि गएका छन्। तर यी डिभाइसहरु मध्ये तीन फोनहरु पूर्ण रुपमा बिक्रीका लागि बुक भइसकेका छन्।

रिपोर्टकाअनुसार हाल सबैभन्दा किफायती–नोभा १२ लाइट मोडल मात्र उपलब्ध भएको उल्लेख गरिएको छ।

बिक्री भएका ह्यान्डसेटहरुमा नोभा १२, नोभा १२ प्रो र नोभा १२ अल्ट्रा रहेका छन्। नोभा १२ प्रो र नोभा १२ अल्ट्राले फाइभजी कनेक्टिभिटीलाई समर्थन गर्दछ भने भेनिला भेरियन्ट र लाइट भर्सनले फोरजी मात्र समर्थन गर्नेछ।

ह्वावेले मेट ६० सिरिजलाई चुपचाप रिलिज गरेदेखि चिनियाँ स्मार्टफोन बजारमा ह्वावेको शेयर बढ्दै गएको जनाइएको छ। साथै, हाल अनावरण गरिएको नोभा १२ सिरिजले पनि उपभोक्ताहरूबाट मेट ६० लाइनअपको जस्तो समान प्रतिक्रिया प्राप्त गरिरहेको देखिएको उल्लेख छ।

ह्वावे नोभा १२ सिरिजले मुख्य विशेषताको रुपमा घरेलु किरिन ९००० एसएल र किरिन ८००० नामक दुई नयाँ हाईसिलिकन चिपसेटहरू डेब्यु गरेको उल्लेख छ। ९००० एसएल चिपसेट ‘अल्ट्रा’ भित्र समावेश गरिएको छ भने किरिन ८००० चिपसेटलाई स्ट्याण्डर्ड र ’प्रो’ मोडलहरूमा समावेस गरिएको छ।

नोभा १२ लाइटमा भने फोरजी मोडेमको साथ क्वालकम स्न्यापड्रागन ७७८ जी एसओसी समावेश गरिएको उल्लेख छ।

Global Bank
easy care

प्रकाशित: १२ पुष २०८०, बिहीबार