एलजीको ग्राम प्रो २०२४ ल्यापटप लन्च, इन्टेल कोर अल्ट्रा ७ प्रोसेसर र आरटीएक्स ३०५० कार्ड प्रयोग

Technology Khabar ११ पुष २०८०, बुधबार

एलजीको ग्राम प्रो २०२४ ल्यापटप लन्च, इन्टेल कोर अल्ट्रा ७ प्रोसेसर र आरटीएक्स ३०५० कार्ड प्रयोग

काठमाडौं ।

एलजीले उन्नत एआई प्रविधि फिचर गरिएको आफ्नो पछिल्लो ल्यापटप सिरिज ‘एलजी ग्राम प्रो’ अनावरण गरेको छ। यस सिरिजमा स्ट्याण्डर्ड भर्सन (मानक संस्करण) र भर्सटायल (बहुमुखी) एलजी ग्राम प्रो ३६० गरी दुई मोडलहरू समावेश रहेको र जसले प्रयोगकर्ताहरूलाई विभिन्न विकल्पहरू उपलब्ध गराउने लक्ष्य राखेको उल्लेख छ।

एलजी ग्राम प्रो ३६० सिरिजको स्पेक्सः

यी नोटबुकहरूमा एआई–बुस्टको लागि समर्पित न्यूरल प्रोसेसिङ एकाइसँग मिलाएर इन्टेल कोर अल्ट्रा ७ प्रोसेसरहरू फिचर गरिएको छ। साथै यो इन्टिग्रेसनले नोटबुकलाई नेटवर्क कनेक्सनको आवश्यकता बिना नै अटोनोमस एआई कार्यहरू कार्यान्वयन गर्न अनुमति दिने र समग्र उपकरण कार्यक्षमता बढाउने उल्लेख छ।

यस सिरिजको एउटा उल्लेखनीय विशेषता भनेको एआई ग्राम लिङ्क फङ्गसनको परिचय हो, जसले १० ओटा सम्म एन्ड्रोइड र आईओएस डिभाइसहरूसँग सिमलेस फाइल साझेदारी गर्न सकिने जनाइएको छ।

त्यसका साथै प्रयोगकर्ताहरूले नोटबुकको किबोर्ड र माउस प्रयोग गरेर मोबाइल फोन र ट्याब्लेटहरू नियन्त्रण गर्न सक्ने छन्, जसले सुविधा र कनेक्टिभिटी एनहान्स्ड गर्ने उल्लेख गरिएको छ।

ग्राफिक्स विकल्पहरूको सन्दर्भमा प्रयोगकर्ताहरूले ४ जीबी जीडीडीआर ६ भिडियो मेमोरीको साथ एनभिडिया आरटीएक्स ३०५० ग्राफिक्स कार्ड रोज्न सक्नेछन्। एआई ईमेज जेनेरेसन प्रोग्रामसँगको सहकार्यले कथित रूपमा कार्डलाई प्रति सेकेन्ड ५ ईमेजहरू प्राप्त गर्न अनुमति दिने उल्लेख छ। त्यसैगरी सिरिजले १४४ हर्जको अधिकतम रिफ्रेस रेट सहितको डब्ल्यूक्यूएक्सजीए प्लस (२८८०X१८००) रिजोल्युसन डिस्प्ले बूस्ट गर्ने उल्लेख गरिएको छ।

१६ इन्चको भर्सनमा बिल्ट–इन आरटीएक्स ३०५० ग्राफिक्स कार्ड फिचर गर्नेुका साथै १२.४एमएम पातलो रहेको छ भने आफ्नो पूर्ववर्ती भन्दा २१ प्रतिशत पातलो छ।

टु–इन–वान भेरियन्ट ‘एलजी ग्राम प्रो ३६०’ को तौल १.३९ किलोग्राम र थिकनेस १२.४एमएम मापन गर्नुका साथै लाइटवेट डिजाइन सेयर गरेको जनाइएको छ। साथै यसमा टच स्क्रिन पनि रहेको र थप प्रयोगकर्ताको सुविधाको लागि भनेर वायरलेस चार्जिङ समर्थनको साथ समर्पित स्टाइलस समावेश गरिएको उल्लेख छ।

मूल्य निर्धारण र उपलब्धता

एलजी ग्राम प्रो सिरिजको मूल्य यसको स्क्रिन साइज, ग्राफिक्स कार्ड र मेमोरी स्पेसिफिकेसनका आधारमा फरक रहेको छ।

स्ट्याण्डर्ड एलजी ग्राम प्रो को मूल्य २.५४ मिलियन वोन (१,९५८ अमेरिकी डलर) र ३.३४ मिलियन वोन (२,५७४ अमेरिकी डलर) को बीचमा रहेको छ भने एलजी ग्राम प्रो ३६० को २.७४ मिलियन वोन (२,११२ अमेरिकी डलर) र ३.१९ मिलियन वोन (२,४५९ अमेरिकी डलर) को बीचमा पर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

Global Bank
easy care

प्रकाशित: ११ पुष २०८०, बुधबार