एमडीएमएस संचालनमा नरहेको सरकारको स्वीकारोक्ति, उपलब्धिमा ‘प्रयोगमा ल्याउने निर्णय गरिएको’ उल्लेख

Technology Khabar १० पुष २०८०, मंगलवार

एमडीएमएस संचालनमा नरहेको सरकारको स्वीकारोक्ति, उपलब्धिमा ‘प्रयोगमा ल्याउने निर्णय गरिएको’ उल्लेख
Global IME Bank

काठमाडौं ।

सरकारले अवैध मोबाइल फोनहरुलाई नियन्त्रण र बन्द गर्न आवश्यक हुने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) संचालनमा नरहेको स्वीकार गरेको छ। सरकारले भने आफ्नो उपलब्धिमा ‘प्रणाली प्रयोगमा ल्याउने निर्णय गरिएको’ मात्र उल्लेख गरेको छ।

यसअघि सरकारकै अधिनमा रहेको अर्ध स्वायत्त तथा दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू भएको र फोनसेटहरु बन्द गरिएको दाबी गर्दै आएको थियो।

तर उक्त सिस्टमनै हालसम्म संचालनमा नभएको र टेलिकम अपरेटरहरुलाई निर्देशन दिएर फोन बन्द गराएको खुलासा भएको थियो। यसको बारेमा अनुसन्धान निकायहरुले छानबिनसमेत गरिरहेका छन्।

एमडीएमएसमा भ्रष्ट्राचार भएको आशंकामा अख्तियार र मन्त्रालयले छुट्टाछुट्टै छानबिन गर्दै

उक्त सिस्टमनै संचालनमा नरहेको अवस्थामा पनि पटक पटक भुक्तानीको लागि प्राधिकरणका अधिकारीहरुले दबाब दिँदै आएको खुलेको थियो।

दूरसञ्चार प्राधिकरणले तोक्यो नयाँ लेखा प्रमुख, एमडीएमएसको विवादास्पद भुक्तानीको बाटो खोलिँदै

यसैबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्षको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यहरूको फेरहिस्तमासमेत उक्त ‘सिस्टम संचालनमा रहेको’ भन्ने उल्लेख नगरी ‘प्रणाली प्रयोगमा ल्याउने निर्णय गरिएको’ मात्र उल्लेख गरेको छ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका उपलब्धिहरुको बारेमा उल्लेख गर्दै सरकारले एमडीएमएसको घोषणा मात्र भएको स्पष्ट पारेको हो।

सरकारको उपलब्धी पुस्तिकाको पेज नं. १६ मा लेखिएको छ, “हराएका तथा चोरी भएका मोबाइल सेटहरूको Tracking गर्नको लागि Online Tracking System (MDMS) प्रणाली प्रयोगमा ल्याउने निर्णय गरिएको।”

यसको अर्थ हालसम्म उक्त सिस्टम पूर्णरुपमा लागू नभएको र प्रकृयागतरुपमा मात्र रहेको उल्लेख हुन्छ। यसले केवल फोनहरुलाई ट्र्याकिङ्ग गर्न र त्यसको अवस्था र लोकेसन लगायत पत्ता लगाउन सकिने हुन्छ।

यसअघिनै प्राधिकरणले एमडीएमएसमा दर्ता प्रणालीको लागि सफ्टवेयर तयार पारेर प्रयोगमा ल्याईरहेको जनाएको छ। जसले गर्दा प्रयोगकर्ताहरुले उक्त सिस्टममा आफ्ना फोनहरु दर्ता गर्न र आयातकर्ता कम्पनीहरुले आईएमईआई दर्ता गर्ने व्यवस्था गरेको छ।

Sajilo Visa

प्रकाशित: १० पुष २०८०, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार