एनवाईईएफ स्टार्टअप अवार्डसका लागि २० उत्कृष्ट स्टार्टअपहरू छनोट

Technology Khabar ३० मंसिर २०८०, शनिबार

एनवाईईएफ स्टार्टअप अवार्डसका लागि २० उत्कृष्ट स्टार्टअपहरू छनोट

काठमाडौं ।

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले एनवाईईएफ स्टार्टअप अवार्डसको तेस्रो संस्करणका लागि शीर्ष २० सहभागीहरूलाई छनोट गरेको छ।

यी स्टार्टअपहरू देशभरबाट १५० आवेदकहरूमध्येबाट छानिएका नेपाली युवा उद्यमी मञ्चले जानकारी दिएको छ।

यी स्टार्टअपहरूले नेपाली बजारमा हाल सञ्चालनमा रहेका उत्कृष्ट र नवप्रवर्तनशील स्टार्टअपहरूको प्रतिनिधित्व गरिरहेका दाबी आयोजकको छ।

शीर्ष २० प्रतिस्पर्धीहरूको नामहरू यस प्रकार छन्।

आमाज क्रिएसन गृहिणी फुड्स उद्योग
एईफाइभर्स टेक सर्भिस प्रालि आईडीयाप्रेनर नेपाल प्रालि
असली हिमाली प्रालि इन्टर्न नेपाल इनिसिएटिभ्स- रिक्रुट नेपाल
अभियान टेक प्रालि जस्ट चेक प्रालि
भूमिथान नेपाल मेरोशिक्षा- डिजिटल लर्निङ्ग नेपाल
बिबाबो पेटमामा नेपाल
ब्लान्जर टेक्नोलोजी प्रालि क्विकफक्स कन्सल्टिङ्ग
डक्टर होम केयर प्रालि सम्भाव्य ग्रुप प्रालि
दूरशिक्षा एजुकेसन नेटवर्क प्रालि टूवेरगानिक्स नेपाल प्रालि
गली एक्सप्रेस प्रालि युनिभर्सिटी गाइड प्रालि

यी स्टार्टअपहरू प्रतिस्पर्धाको अर्को चरणमा पुग्छन्, उनिहरुले मेन्टरशिप र परिष्करणको यात्रा सुरु गर्नेछन् । एनवाईईएफले स्टार्टअप अवार्डस यी स्टार्टअपहरूका लागि लन्चप्याड उपलब्ध गराउने प्रतिबद्धतामा सधैं अडिग रहेको जनाएको छ।

Sajilo Visa

प्रकाशित: ३० मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार