नोकियाका दुई फोरजी फिचर फोनमा युट्युब शर्ट्सका साथै क्लाउड एपहरू उपलब्ध

Technology Khabar २९ मंसिर २०८०, शुक्रबार

नोकियाका दुई फोरजी फिचर फोनमा युट्युब शर्ट्सका साथै क्लाउड एपहरू उपलब्ध

काठमाडौं ।

अब, कम्पनीले नोकियाको निर्माता एचएमडी ग्लोबलले नोकिया १०६ फोरजी र ११० फोरजी स्मार्टफोनमा आठ ओटा क्लाउड एपहरू उपलब्ध हुने घोषणा गरेको छ। एचएमडी ग्लोबलले यस वर्षको सुरुवातमा भारतीय बजारमा ती दुबै नोकियाका फोनहरु लन्च गरेको थियो।

यसले फिचर फोन प्रयोगकर्ताहरूलाई इमर्सिभ एप्लिकेसन एक्सपिरियन्स (अनुभव) प्रदान गर्नेछ। उक्त दुबै फिचर फोनहरूको मूल्य भारु २,५०० भन्दा तल पर्ने जनाइएको छ।

नोकियाले आफ्नो फिचर फोनहरू नोकिया १०६ फोरजी र नोकिया ११० फोरजीमा यूट्यूब शर्ट्स आउने घोषणा गरेको छ। प्रयोगकर्ताहरूले अब लोकप्रिय प्लेटफर्ममा कुनै ल्याग्स र फ्रिज बिना नै सहज रूपमा छोटो भिडियोहरू हेर्नसक्ने उल्लेख छ। साथै प्रयोगकर्ताहरूले उनीहरूको आफ्नो गुगल खातामा साइन इन गरेर कन्टेन्ट हेर्न सक्ने जनाइएको छ।

त्यसैगरी बीबीसी हिन्दी, सोकोबानका साथै २०४८ र टेट्रिस जस्ता गेमहरू सहित अतिरिक्त क्लाउड एप्लिकेसनहरू रहेको छ। कम्पनीका अनुसार प्रयोगकर्ताहरूले समाचार, मौसम अपडेट, क्रिकेट स्कोरका साथै थप अन्य कुराहरूमा पहुँच गर्न सक्नेछन्। साथै मेनुबाटै क्लाउड आइकन थिचेर यी सबै छिटो पहुँच गर्न सकिनेछ।

त्यसैगरी दुबै फिचर फोनहरूले अब यूपीआई स्क्यान र झन्झटरहित कारोबारको लागि पे फिचर समर्थन गर्ने जनाइएको छ। कम्पनीले आगामी दुई हप्तामा हालको नोकिया ११० फोरजी प्रयोगकर्ताहरूका लागि ओभर–द–एयर सफ्टवेयर अपडेटहरू रोल आउट गर्ने उल्लेख छ।

Sajilo Visa

प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार