ह्वावे मेटप्याड एयर पेपरमेट एडीशन ग्लोबल मार्केटमा प्रस्तुत

Technology Khabar २८ मंसिर २०८०, बिहीबार

ह्वावे मेटप्याड एयर पेपरमेट एडीशन ग्लोबल मार्केटमा प्रस्तुत

काठमाडौं ।

ह्वावेले दुबईमा मंगलबार आयोजना गरेरको एउटा कार्यक्रममा आफ्नो मेटप्याड प्रो १३.२ र फ्रीक्लिप ओपन इयर बडहरू विश्वव्यापी बजारहरूको लागि अनावरण गरेको छ।

त्यसका साथै ब्रान्डले मेटप्याड एयर पेपरमेट एडिशन ट्याब्लेटको पनि घोषणा गरेको छ।

यो नयाँ ट्याब्लेट मेटप्याड एयरसँग मिल्दोजुल्दो भएको र जुन यस वर्षको मे महिनामा चीनमा डेब्यु गरेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

ह्वावे मेटप्याड एयर पेपरमेट एडीशनको स्पेसिफिकेसन्स र फिचर्स

ह्वावे मेटप्याड एयर पेपरमेट एडिशनमा २,८८०x१,८४० पिक्सेलको रिजोल्युसन भएको ११.५ इन्च स्क्रिन रहेको छ। साथै यसले १४४ हर्ज रिफ्रेस रेट फिचर गर्नेछ। डिस्प्लेमा न्यानो–लेभल एन्टी–ग्लेयर इचिङ टेक्नोलोजी रहेको र जसले लाईट इन्टरफेरेन्सलाई हटाउने र पेपर–लाईक भिजुअल एक्सपिरियन्स (कागज–जस्तो दृश्य अनुभव) प्रदान गर्ने उल्लेख गरिएको छ।

यो ट्याब्लेट दोस्रो पुस्ताको ह्वावे एम–पेन्सिलसँग ४,०९६ लेभलको प्रेसर सेन्सिटिभिटीसँग कम्प्याटिबल भएको र कागजमा कलमको जस्तो अनुभव प्रदान गर्ने दाबी गरिएको छ।

ह्वावे मेटप्याड एयर पेपरमेट एडीशन ६.५एमएम थिन (पातलो) भएको र यसको तौल मात्र ५०९ ग्राम रहेको छ। यस नयाँ ट्याब्लेटको पछाडिको प्यानलमा पिल–सेप्ड (आकार) को क्यामरा मोड्युलमा १३ मेगापिक्सेल सेन्सर रहेको जनाइएको छ। साथै ट्याब्लेटमा ८ मेगापिक्सेलको फ्रन्ट–फेसिंग सेल्फी स्न्यापर पनि समावेश गरिएको छ।

अडियोको सन्दर्भमा, ट्याब्लेटमा चार ओटा स्पिकर र चार ओटा माइक्रोफोन समावेश गरिएको छ।

आन्तरिक रूपमा, ह्वावे मेटप्याड एयर पेपरमेट एडीशन स्न्यापड्रागन ८८८ प्रोसेसरद्वारा संचालित हुनेछ। यसले अनबोर्डमा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज प्याक गर्दछ। साथै डिभाइसमा ८,३००एमएएच ब्याट्री युनिटले ४० वाट चार्जिङको लागि समर्थन गर्ने उल्लेख गरिएको छ।

सफ्टवेयर अनुसार, विभिन्न फिचर्सका साथ हार्मनीओएस ३.१ मा यो नयाँ ट्याब्लेट चल्ने थप उल्लेख गरिएको छ।

ह्वावे मेटप्याड एयर पेपरमेट एडीशनको मूल्य ६४९ यूरो रहेको छ भने यो बन्डल किबोर्डको साथ ढुवानी हुने उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: २८ मंसिर २०८०, बिहीबार