स्ट्रिमभ्यूको नयाँ नोकिया गुगल टिभीहरू आधिकारिक लन्च

Technology Khabar २७ मंसिर २०८०, बुधबार

स्ट्रिमभ्यूको नयाँ नोकिया गुगल टिभीहरू आधिकारिक लन्च

काठमाडौं ।

गत अक्टोबर महिनामा ब्लुटुथ एसआईजी मा देखा परेका पाँच ओटा नोकिया–ब्रान्डेड स्मार्ट टिभीहरू अब त्यसको दुई महिना पश्चात यी टेलिभिजनहरू आधिकारिक भएका छन्।

यी नयाँ उत्पादनहरू भने युरोप, मध्य पूर्व र अफ्रिका (ईएमईए) मा सेवा सञ्चालन गर्ने अस्ट्रियाको कम्पनी ‘स्ट्रिमभ्यू जीएमबीएच’ को भएको उल्लेख गरिएको छ।

नयाँ नोकिया टिभीहरू विभिन्न साइजका साथै दुई फरक स्क्रिन रिजोल्युसनमा आउने उल्लेख गरिएको छ।

स्ट्रिमभ्यूका पछिल्ला टेलिभिजनहरूलाई सामूहिक रूपमा ‘नोकिया गुगल टिभी’ भनिने गरिएको छ। साथै तिनीहरूको नामले सुझाव दिएअनुसार तिनीहरू टिभीका लागि भनेर एन्ड्रोइड १२ मा आधारित गुगल टिभी सफ्टवेयरसँगै ढुवानी हुनेछ।

यद्यपी कम्पनीका अघिल्ला टिभीहरूमा भने गुगलको नयाँ सफ्टवेयरको अभाव रहेको थियो।

सबै नयाँ मोडलहरू एउटै चिपसेटद्वारा संचालित हुने जनाइएको छ। साथै यो अज्ञात सिलिकनमा १.४५ गिगाहर्जमा क्लक्ड गरिएको एआरएम कोर्टेक्स–ए५५ कोर्स र माली–जी३१ एमपी२ जीपीयू सम्मिलित क्वाड–कोर सीपीयू समावेश रहेको उल्लेख छ।

उल्लेखित चिपलाई १.५ जीबी र्याम र ८ जीबी स्टोरेजसँग पेयर्ड गरिएको छ।

ग्राहकहरूले २४ इन्च, ३२ इन्च, ४० इन्च र ४३ इन्च मध्येबाट छनोट गर्न सक्ने गीज्मोचाइनामा रिपोर्ट गरिएको छ।

२४ इन्च र ३२ इन्च भेरियन्टहरू एचडी रिजोल्युसन (१३६६x७६८ पिक्सेल) सँग आउनुका साथै १२ भोल्टमा सञ्चालन गर्न सकिने जनाइएको छ।

अर्कोतर्फ, ४० इन्च र ४३ इन्च भेरियन्टहरू एफएचडी रिजोल्युसन (१९२०x१०८० पिक्सेल) सँग आउनेछ। साथै दोस्रो ३२ इन्च भेरियन्ट पनि (१९२०x१०८० पिक्सेल) सँग आउने उल्लेख छ।

टेलिभिजनहरूले सबै अग्रणी स्ट्रिमिङ सेवाहरू, गुगल क्रोमकास्ट बिल्ट–इन, र गुगल एसिस्टेन्टलाई भ्वाइस–एनेबल्ड रिमोट कन्ट्रोलमार्फत समर्थन गर्ने उल्लेख छ। साथै वायरलेस कनेक्टिभिटी अप्सनहरूमा वाईफाई र ब्लुटुथ दुवै समावेश गरिएको छ।

यी टिभीहरू ३ ह एचडीएमआई १.४, २ एक्स यूएसबी २.०, १एक्स एस/पीडीआईएफ, एभी ईन, ट्रिपल ट्युनर र इथरनेट जस्ता विभिन्न पोर्टहरूसँग आउने जनाइएको छ। साथै तिनीहरूले स्याटसीआर कम्प्लाएन्ट (एससीडी) र सीआई प्लस समर्थन गर्नेछन्।

यद्यपी स्ट्रिमभ्यूले यी टिभीहरूको मूल्य निर्धारण र उपलब्धताको बारेमा घोषणा गर्न भने बाँकी नै रहेको छ। साथै यी टिभीहरूको मूल्य बजारहरू अनुसार फरक हुन सक्ने उल्लेख गरिएको छ।

Sajilo Visa

प्रकाशित: २७ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार