एप्पलले नयाँ एयर र प्रो मोडलका साथ आफ्नो आईप्याड लाइनअप रिफ्रेस गर्ने

Technology Khabar २७ मंसिर २०८०, बुधबार

एप्पलले नयाँ एयर र प्रो मोडलका साथ आफ्नो आईप्याड लाइनअप रिफ्रेस गर्ने

काठमाडौं ।

एप्पल आईप्याडको लाइनअपमा ७.९ इन्चको आईप्याड मिनीदेखि लिएर १२.९ इन्चको आईप्याड प्रो गरेर एप्पलसँग कुल ६ ओटा आईप्याड मोडलहरू रहेका छन्। अब, सन् २०२४ मा कुपर्टिनो कम्पनीका ट्याब्लेटहरूमा ठूलो रिफ्रेस हुन लागेको ब्लुमबर्गका मार्क गुरम्यानले उल्लेख गरेका छन्।

एप्पलले अब फिचरहरूमार्फत एयर र प्रो मोडलहरू बीच स्पष्ट विभाजन सेटअप गरेर आईप्याड ब्रान्डलाई सरल बनाउन प्रयास गरिरहेको हालैको रिपोर्टमा उनले भनेका छन्।

एप्पलले सन् २०२४ को मार्च महिनामा एप्पल एम२ चिपसेटसहितको नयाँ १०.९ इन्च र १२.९ इन्चको आईप्याड एयर मोडलहरू लन्च गर्नेछ। साथै कम्पनीले नयाँ आईप्याड प्रोहरूलाई ११ इन्च र १३ इन्च साइजमा अपडेट गरिएका डिजाइनहरूका साथै ओएलईडी प्रोमोशन डिस्प्ले, एप्पलको एम३ चिप र नयाँ अप्सनल म्याजिकल किबोर्ड एक्सेसरी पनि लन्च गर्ने अपेक्षा गरिएको छ।

उपलब्ध आईप्याडहरूको संख्या बढाउँदै गर्दा, एप्पलले तिनीहरूको कार्यक्षमताहरूमार्फत एयर र प्रो आईप्याडहरू बीच स्पष्टरूपमा भिन्नता देखाउने जनाइएको छ। बेसलाइन आईप्याड २०२२ लाई अन्तिममा मात्र अद्यावधिक गरिने अपेक्षा गरिएको छ, जसले आईप्याड (२०२१) र यसको डेटेड डिजाइनलाई फेज आउट गर्ने उल्लेख छ।

साथै आईप्याड मिनी (२०२१) पनि रिफ्रेसको लागि लाइनमा रहेको तर यसको बारेमा कुनै निश्चित समय सीमा भने प्राप्त नभएको गुरम्यानले भनेका छन्।

Sajilo Visa

प्रकाशित: २७ मंसिर २०८०, बुधबार