यसै साता पाँच ओटा स्मार्टफोनहरू लन्च हुनेः थाहा पाउनुहोस् कुन–कुन फोन आउँदैछन्

Technology Khabar १७ मंसिर २०८०, आईतवार

यसै साता पाँच ओटा स्मार्टफोनहरू लन्च हुनेः थाहा पाउनुहोस् कुन–कुन फोन आउँदैछन्

काठमाडौं ।

केही समयको सुस्तता पश्चात फेरि एक पटक नयाँ स्मार्टफोन लन्च हुने भएका छन्। विभिन्न कम्पनीहरूले आगामी केही दिनका लागि पाँच फरक फरक कार्यक्रम तय गरेका छन्।

यी लन्चिङ्ग सम्मेलनहरू धेरै देशहरूमा आयोजना हुनेछन्। साथै यी उत्पादनहरू मध्ये लगभग सबै बजेट श्रेणी अन्तर्गत पर्दछन् भने एउटा फ्ल्यागसिप रहेको उल्लेख छ।

नयाँ डिभाइसहरू डेब्यु गर्ने ब्रान्डहरूमा टेक्नो, वनप्लस, शाओमी र इन्फिनिक्स रहेका छन्। साथै कार्यक्रमहरु चीन, भारत र नाइजेरियामा हुने उल्लेख गरिएको छ।

लन्च हुने स्मार्टफोनहरू

१. वनप्लस १२

वनप्लस १२ डिसेम्बर ५ (मंगलबार) मा चीनमा लन्च हुने तालिका रहेको छ। यसलाई एक प्रेस सम्मेलनमा अनावरण गरिनेछ जुन स्थानीय समयअनुसार दिउँसो २ः३० बजे हुने जनाइएको छ। साथै सो कार्यक्रमलाई वेइबो र अन्य प्रमुख चिनियाँ भिडियो स्ट्रिमिङ प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण गरिनेछ।

वनप्लसको नेक्स्ट–जेन फ्ल्यागसिप स्मार्टफोनको बारेमा लगभग सबै कुराहरु लीक र आधिकारिक टिजरहरू मार्फत थाहा भइसकेको छ। उपलब्ध जानकारीको आधारमा यो स्मार्टफोन ब्रान्डको सबैभन्दा राम्रो फ्ल्यागशिप फोन हुनसक्ने छ।

वनप्लस १२ मा स्न्यापड्रागन ८ जेन ३ चिप, ६.८२– इन्च क्यूएचडी प्लस १–१२० हर्ज एलटीपीओ ओएलईडी डिस्प्ले, ५० मेगापिक्सेल सोनी एलवाईटी–८०८ प्राइमरी क्यामरा, ४८ मेगापिक्सेल सोनी आईएमएक्स५८१ अल्ट्रावाइड युनिट, ६४ मेगापिक्सेल ओम्नीभिजन ओभी६४बी ३एक्स पेरिस्कोप जुम सुटर, २४ जीबी र्याम/१ टीबी स्टोरेज, ५,४०० एमएएच ब्याट्री र १०० वाट वायर्ड चार्जिङ समर्थनका साथ आउने अपेक्षा गरिएको छ।

२. रेडमी १३सी सिरिज

रेडमी १३सी सिरिज भारतमा डिसेम्बर ६ (बुधवार) मा डेब्यू गर्ने योजना रहेको छ। यद्यपी शाओमीले लन्चको समयमा भने खुलासा नगरेको तर स्थानीय समय अनुसार मध्यान्न १२ बजे घोषणा गरिने अपेक्षा गरिएको छ।

त्यहाँ रेडमी १३सी र रेडमी १३सी ५फाइभजी गरी दुई डिभाइसहरू रहने छ। रेडमी १३ सी केही बजारहरूमा यसअघि नै आधिकारिक भइसकेको छ भने रेडमी १३सी फाइभजीले विश्वव्यापी रुपमा डेब्यू गर्न लागेको उल्लेख गरिएको छ।

चिपसेटको बाहेक उक्त दुई फोनहरूमा समान फिचर्स रहने अपेक्षा गरिएको छ। फोरजी मोडलमा मिडियाटेक हेलियो जी८५ एसओसी रहेको छ भने फाइभजी भेरियन्टमा मिडियाटेक डाइमेन्सिटी ६१०० प्लस राहने उल्लेख गरिएको छ।

३. इन्फिनिक्स स्मार्ट ८ एचडी

इन्फिनिक्स स्मार्ट ८ एचडी भारतमा डिसेम्बर ८ (शुक्रबार) मा घोषणा गरिनेछ। यो फोनलाई स्थानीय समय अनुसार मध्यान्न १२ बजे घोषणा गरिने अपेक्षा गरिएको छ।

ह्यान्डसेट भारतमार्फत विश्वव्यापीरूपमा डेब्यू गर्ने अपेक्षा गरिएको छ।

यो डिभाइस एचडी प्लस रिजोल्युसन, ९० हर्ज रिफ्रेस रेट र ५०० निट्स पीक ब्राइटनेस लेभल प्रदान गर्ने ६.६ इन्चको डिस्प्लेको साथ आउने भनिएको छ। साथै यो डिभाइस क्रिस्टल ग्रीन, साइनी गोल्ड, टिम्बर ब्ल्याक र ग्यालेक्सी ह्वाइट कलरको विकल्पहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।

४. इन्फिनिक्स हट ४० सिरिज

इन्फिनिक्स हट ४० सिरिज नाइजेरियामा डिसेम्बर ९ (शनिबार) मा लन्च हुने तालिका रहेको छ। साथै सोही सम्मेलनमार्फत स्मार्टफोनहरूले विश्वव्यापी रूपमा डेब्यू गर्ने अपेक्षा गरिएको छ।

इन्फिनिक्स हट ४०, इन्फिनिक्स हट ४० प्रो र इन्फिनिक्स हट ४०आई गरी कम्तिमा पनि तीन ओटा फोनहरू रहने अपेक्षा गरिएको छ। हालै साउदी अरबमा इन्फिनिक्स हट ४०आई ह्यान्डसेट रिलिज गरिएको उल्लेख छ।

हट ४० र हट ४० प्रो को चिपसेट बाहेक तिनीहरूको अन्य विवरणको बारेमा धेरै जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ। हट ४० र हट ४० प्रो मा क्रमशः हेलियो जी८८ र हेलियो जी९९ चिप्स समावेश गरिने थप उल्लेख गरिएको छ।

५. टेक्नो स्पार्क गो २०२४

टेक्नो स्पार्क गो २०२४ लाई भारतमा डिसेम्बर ३ (सोमबार) मा लन्च गरिने तयारी रहेको जनाइएको छ। ब्रान्डले समयको बारेमा नखुलाएको तर यो सम्भवतः दिउँसो आधिकारिक हुने उल्लेख गरिएको छ।

यो उत्पादन मलेसियामा यसअघि नै आधिकारिक भइसकेको जनाइएको छ। त्यसकारण, यसको बारेमा सबै विवरणहरु बाहिरिसकेको तर भारतमा यसको मूल्य निर्धारण र उपलब्धताको बारेमा भने केही जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।

यो डिभाइस आईफोन प्रो–प्रेरित डिजाइन, ६.६ इन्च एचडी प्लस ९० हर्ज डिस्प्ले (एलसीडी), युनिसोक टि६०६ चिप, १३ मेगापिक्सेल रियर क्यामरा, ८ मेगापिक्सेल सेल्फी क्यामरा, साइड–माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर र ५,००० एमएएच ब्याट्रीको साथ आउँदछ।

Sajilo Visa

प्रकाशित: १७ मंसिर २०८०, आईतवार