दुई चिनियाँ ईभी ‘युरोपियन कार अफ द इयर २०२४’ को फाइनलमा

Technology Khabar १७ मंसिर २०८०, आईतवार

दुई चिनियाँ ईभी ‘युरोपियन कार अफ द इयर २०२४’ को फाइनलमा

काठमाडौं ।

बीवाईडी सिल र भोल्भो ईएक्स ३० सम्भवतः युरोपियन कार अफ द इयर २०२४ नामक प्रतिष्ठित उपाधि जित्ने लाइनमा रहेका छन्।

चिनियाँ कार निर्माता कम्पनी बीवाईडी र भोल्भोका ईभीहरु सन् २०२४ का लागि युरोपका प्रमुख कारहरूमा सूचीकृत भएका हुन्। साथै सन् २०२४ को फेब्रुअरीमा हुने ‘जेनेभा मोटर शो’ मा प्रतियोगिताको विजेता घोषणा गरिने जनाइएको छ।

बीवाईडी सिल र भोल्भो ईएक्स३० ले अन्य पाँच ओटा गाडीहरूसँग सम्मानका लागि प्रतिस्पर्धा गर्ने उल्लेख गरिएको छ।

युरोपको कार अफ द इयरको प्रारम्भिक सर्टलिस्टमा २८ ओटा गाडी थिए भने तीमध्ये ७ ओटा चिनियाँ कारहरु भएको उल्लेख गरिएको छ। यद्यपी बीवाईडी एट्टो ३ (युआन प्लस), बीवाईडी हान, बीवाईडी डल्फिन, स्मार्ट १ र निओ ईटी ७ गरी यी पाँचओटा चिनियाँ कारहरुले फाइनलसम्म यात्रा तय गर्न नसकेको उल्लेख छ।

एसईए आर्किटेक्चरमा आधारित रहेको स्मार्ट १ र भोल्भो ईएक्स ३० मोडलहरू चिनियाँ कम्पनी गीली ग्रुपले मास–प्रोड्युस्ड गर्ने गरेको छ।

त्यसैगरी अन्य सहभागी कारहरू कोरियाली, जर्मन, फ्रान्सेली र जापानी निर्माताहरूले बनाएका छन् । साथै चीन र फ्रान्स प्रत्येकले अन्तिम सर्टलिस्टको २८.५ प्रतिशत ओगटेको छ भने दक्षिण कोरिया, जर्मनी र जापानको ट्रियोको प्रत्येकसँग १४.३ प्रतिशत रहेको उल्लेख गरिएको छ।

Global Bank
easy care

प्रकाशित: १७ मंसिर २०८०, आईतवार