Technology Khabar ५ मंसिर २०८०, मंगलवार
काठमाडौं ।
अर्को वर्षको आईफोन लाइनअपको डिस्प्ले स्पेक्सको बारेमा आपूर्ति श्रृंखला स्रोतहरूबाट लीक देखा परेको छ। लीक अनुसार, आईफोन १६ प्रो र १६ प्रो म्याक्सको डिस्प्ले साइज केहि बढेर ६.२७–इन्च र ६.८६–इन्चको रहने र दुबै १२० हर्ज एलटीपीओ प्यानलहरू हुने दाबी गरिएको छ।
त्यसैगरी भ्यानिला आईफोन १६ र १६ प्लसमा भने समान ६.१२ इन्च र ६.६९ इन्च आकारहरूका साथै समान ६० हर्ज रिफ्रेस दर रहने अपेक्षा गरिएको छ। उद्योगका बारेमा सटिक अनुमान गर्ने रस यंगले यस बारेमा पुष्टि गरेको देखिन्छ भने उनले भ्यानिला मोडलहरूमा प्रो मोशन २०२५ मा मात्र आउने बताएको उल्लेख छ।
सन् २०२४ को आईफोन १६ को सबै मोडेलहरूमा आश्चर्यजनक रूपमा डायनामिक आइल्याण्डको अपेक्षा गरिएको छ।
आगामी वर्षको आईफोन रहने ६० हर्ज डिस्प्लेले लिगेसी आईफोन खरिदकर्ताहरूलाई फरक नपार्ने देखिए तापनि एप्पलको महँगो बेस आईफोनको डिस्प्ले एन्ड्रोइडको फ्ल्यागशिप र मिडरेन्ज लाइनअपको तुलनामा प्रतिस्पर्धी नभएको देखिन थालेको उल्लेख गरिएको छ।
प्रकाशित: ५ मंसिर २०८०, मंगलवार