भ्रष्ट्राचार आरोपी नेपाल टेलिकमका तत्कालिन एमडी पौडेलको कार्यकालका विवादास्पद टेन्डरहरु रोकिए

Technology Khabar ५ मंसिर २०८०, मंगलवार

भ्रष्ट्राचार आरोपी नेपाल टेलिकमका तत्कालिन एमडी पौडेलको कार्यकालका विवादास्पद टेन्डरहरु रोकिए

काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को नयाँ नेतृत्वले भ्रष्ट्राचार आरोपी तत्कालिन प्रबन्ध निर्देशक (एमडी) सुनिल पौडेलको कार्यकालमा खुलाएका विवादास्पद टेन्डरहरु रोकिदिएको छ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहितलाई यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा हुँदा भ्रष्ट्राचारजन्य कार्य गरेको आरोपमा मुद्दा दायर गरेको छ। टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक पौडेल तथा बहालवाला सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेट–वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। विशेष अदालतमा उनीहरु विरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ भ्रष्टाचारको मुद्दा छ।

सम्बन्धित समाचार-

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेल र सचिव मरासनीसहित ९ जनाविरुद्ध २३ करोड भ्रष्ट्राचारको मुद्दा

अख्तियारले मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन् र नयाँ नेतृत्वले नेपाल टेलिकम चलाउँदै आएको छ।

तत्कालिन एमडी पौडेलको कार्यकालमा खोलिएका र नसकिएका अधिकांश टेन्डरहरु रोकिएको टेलिकम स्रोतले जानकारी दिएको छ।

स्रोतकाअनुसार वर्तमान नेतृत्वमा संगीता पहाडी (अर्याल) आएसँगै विवादास्पद भएका टेन्डरका कामहरु रोकिएका हुन्। यसअघि पौडेल एमडी हुँदा पहाडी नायव प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिईन्।

सरकारले नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललाई नियुक्त गरेको हो।

सम्बन्धित समाचार-

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त

“अहिलेको नेतृत्व आएसँगै मिलेमतोको आशंका भएका टेन्डरका कामहरु रोकिएका छन्। त्यसलाई कसरी अगाडि लाने भन्ने छलफलमा छ,” केहि समयअघि स्रोतले टेक्नोलोजीखबरलाई जानकारी दियो।

सोहीअनुसार टेलिकमले कतिपय टेन्डरका कार्यहरु स्थगित गरिएको वा खारेज गरिएको सूचनाहरु समेत प्रकाशित गरेको बताईएको छ।

यस्तै अर्को स्रोतले भने सबै टेन्डरहरु रोकिएको वा खारेज गर्ने नभई पुनरावलोकनको चरणमा रहेको जानकारी दिएको छ।

“टेन्डरहरु त्यसै खारेज भएका होईनन्। कतिपय आशंका गरिएका र विवादित टेन्डरहरु रोकिएको हो र आवश्यकताको आधारमा त्यसलाई पुनरावलोकन गरेर फेरी नोटिस खुलाउने हो,” दोस्रो स्रोतले बतायो।

भ्रष्ट्राचार आरोपी पौडेलले यसअघि टेलिकमका आफ्ना नजिकका र कमिशन दिने व्यवसायीहरुको हितमा डकुमेन्टनै मिलेमतोमा तयार पारेर टेन्डर दिने गरेको आरोप लाग्दै आएको छ।

एक व्यवसायीलेसमेत त्यस समयमा तत्कालिन एमडी पौडेलले कमिशन आउने हिसाबले टेन्डर दिने गरेको आफ्नो अनुभव टेक्नोलोजीखबरलाई सुनाए।

“उनले फलानोलाई टेन्डर दिने भनेर व्यवसायीलाई बोलाएरै मिलाउने गरेका थिए। हामीलाई पनि अफर आएको थियो तर हामीले उनको माग अस्विकार गर्यौं,” ती व्यवसायीले भने।

स्मरणरहोस्, नेपाल टेलिकममा पौडेलको नियुक्ति नै विवादास्पद रहेको थियो।

Global Bank
easy care

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

ताजा समाचार