Technology Khabar २८ कार्तिक २०८०, मंगलवार
काठमाडौं ।
नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो। टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो।
जसअनुसार दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सबै सेवा प्रदायकहरुलाई टिकटकमा पहुँच बन्द गराउने निर्देशन दिएको छ। यसले टिकटक प्रयोगकर्ताको पहुँचमा रोक लागेको छ।
यस्तै, हालका प्रयोगकर्ताहरुले आफ्नो डाटा ब्याकअप गर्ने सुबिधा टिकटकले दिँदै आएको छ। धेरैजनालाई यसबारेमा थाहा नहुन सक्दछ। हामी यहाँ कसरी आफ्नो टिकटक एकाउन्टको डाटा ब्याकअप गर्ने र डाउनलोड गर्ने भन्ने जानकारी दिने प्रयास गर्नेछौं।
तपाईंले आफ्नो टिकटक डाटाको प्रतिलिपिका लागि अनुरोध गर्न सक्नुहुन्छ, जसमा तपाईंको प्रयोगकर्ता नाम, भिडियो इतिहास, कमेन्ट हिस्ट्री (इतिहास), र गोपनीयता सेटिङ्स समावेश हुन सक्छ तर डाटा यतिमा मात्रै सीमित हुने छैन।
पालना गर्नुहोस् चरणबद्ध तरिका-
आफ्नो टिकटक डाटा अनुरोध गर्न:
१. टिकटक एपमा, तल भएको आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस्।
२. यसपछि देखिने शीर्षमा रहेको ‘मेनु’ बटनमा ट्याप गर्नुहोस्।
३. अब ‘सेटिङ्स एण्ड प्राइभेसी’ ट्याप गर्नुहोस्।
४. ‘अकाउन्ट’मा ट्याप गर्नुहोस्, त्यसपछि ‘डाउनलोड योर डाटा’मा ट्याप गर्नुहोस्।
५. अब त्यहाँ प्रदान गरिएका निर्देशनहरू पालना गर्नुहोस्।
तपाईंले आफ्नो अनुरोध पेस गरेपछि, टिकटकले तपाईंको डाटाको फाइल सिर्जना गर्नेछ जुन तपाईंले आफ्नो डाटा डाउनलोड ट्याबबाट डाउनलोड गर्न सक्नुहुन्छ।
कृपया नोट गर्नुहोस् कि फाइल तयार हुन ३ दिनसम्म लाग्न सक्नेछ।
आफ्नो टिकटक डाटा डाउनलोड गर्न:
ध्यान दिनुहोस्, टिकटककाअनुसार केही डाटा डाउनलोड गर्न उपलब्ध नहुन सक्छ, उदाहरणका लागि- डाटा जसले अरूको गोपनीयतालाई असर गर्छ।
प्रकाशित: २८ कार्तिक २०८०, मंगलवार