नोकिया १०५ क्लासिक फिचर फोन भारतीय बजारमा सार्वजनिक

Technology Khabar १३ कार्तिक २०८०, सोमबार

नोकिया १०५ क्लासिक फिचर फोन भारतीय बजारमा सार्वजनिक

काठमाडौं ।

एचएमडीले भारतमा नोकिया १०५ क्लासिक भारतमा प्रस्तुत गरेको र यो नयाँ फोन इन–बिल्ट यूपीआई एप्लिकेसनसँग आउने भएकाले यसले यूपीआई पेमेन्ट्सलाई अनुमति दिने छ।

नोकिया १०५ क्लासिकले जस्तोसुकै परिस्थिति भएता पनि निर्बाध कनेक्टिभिटी सुनिश्चित गर्नका लागि सबैभन्दा कठिन वातावरणको सामना गर्दै कठोर स्थायित्व परीक्षणहरू पार गरेको एचएमडीले बताएको छ। साथै यसको किप्याडमा रहेका बटनहरू बीच पर्याप्त स्पेसिङ पनि रहेकाले गर्दा प्रयोगकर्ताहरूलाई अँध्यारोमा पनि डायल गर्न र टेक्स्ट गर्न सजिलो हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

यस फिचर फोनमा वायरलेस एफएम रेडियो रहनुका साथै ८०० एमएएच ब्याट्री प्याक गरिएकाले “सूर्योदयदेखि सूर्यास्तसम्म निर्बाध कुराकानी” गर्न सकिने जनाइएको छ।

ब्रान्डले ‘ह्यान्डसेट सिङ्गल र डुअल–सिम अप्सन्स र चार्जर सहित र बिना चार्जर गरि चार संस्करणहरूमा आउने बताएको छ।

भारतमा नोकिया १०५ क्लासिक निलो र चारकोल रङ्गहरूमा ९९९ भारतीय रुपैयाँ (१२अमेरिकी डलर/११ यूरो ) मा उपलब्ध भएको उल्लेख छ।

Sajilo Visa

प्रकाशित: १३ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार