Technology Khabar १३ कार्तिक २०८०, सोमबार
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस २४ सिरिजले अल्ट्रा एचडीआरलाई समर्थन गर्ने भएकाे छ।
भरपर्दो टिपस्टर आइस युनिभर्सका अनुसार, सामसङले अर्को वर्ष आफ्ना स्मार्टफोनहरूमा अल्ट्रा एचडीआर-जस्तो सुविधा लागू गर्नेछ।
ग्यालेक्सी एस २४ लाइनअप, जनवरी २०२४ मा आइपुग्ने अपेक्षा गरिको छ, जसले फोटो एल्बमहरूमा एचडीआर तस्विर हेर्ने समर्थन गर्नेछ। यसो भएमा, ग्यालेक्सी एस २४ लाइनअपको डिस्प्लेको २,५०० निट्स पीक ब्राइटनेस यूटिलाइज गर्ने राम्रो तरिका हुनेछ।
ग्यालेक्सी एस २४ लाइनअपमा अल्ट्रा एचडीआर-जस्तो सुविधाको लागि समर्थनले फोटो भ्यूइङ एक्सपेरियन्सलाई पनि सुधार गर्ने बताइएकाे छ।ओरिजिनल एचडीआरको ब्राइटनेस, कन्ट्रास्ट, र कलर रेन्ज राख्दै एचडीआर इमेजहरुले एसडीआर डिस्प्ले रेन्जमा म्याप नगर्ने जसले इमेज भ्यू अप्रभावित रहने जिएसएमएरिनामा उल्लेख छ।
गुगलले एन्ड्रोइड १४ सँग अल्ट्रा एचडीआर सुविधा प्रस्तुत गर्यो, जसले प्रयोगकर्ताहरूलाई उनीहरूको एन्ड्रोइड डिभाइसहरूमा एसडीआरको सट्टा एचडीआर ढाँचामा एचडीआर फोटोहरू खिच्न र हेर्न अनुमति दिन्छ।
केही चिनियाँ फ्ल्यागशिपहरूमा पहिले नै यस्ताे सुविधा भए पनि सामसङले भने यसलाई वान यूआई ६ सँग लागू गरकाे थिएन।
प्रकाशित: १३ कार्तिक २०८०, सोमबार