गुगल फोटोज एपबाट मेटाइएका फोटो र भिडियोहरू कसरी रिस्टोर गर्ने, जान्नुहोस् सजिलो उपाय

Technology Khabar १२ कार्तिक २०८०, आईतवार

गुगल फोटोज एपबाट मेटाइएका फोटो र भिडियोहरू कसरी रिस्टोर गर्ने, जान्नुहोस् सजिलो उपाय
Global IME Bank

काठमाडौं ।

गुगल फोटोज तपाईको फोटो र भिडियोहरू ब्याकअप गर्नका लागि सबैभन्दा रुचाइएको क्लाउड स्टोरेज विकल्पहरू मध्ये एक हो। विशेष गरी गुगल पिक्सेल फोनहरू र अन्य एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि यो महत्वपूर्ण स्टोरेज हो।

यो प्लेटफर्म पुराना तस्बिरहरू भण्डारण गर्न र जुनसुकै बेला कुनै पनि डिभाइस प्रयोग गरेर पहुँच गर्न प्रयोग गर्न सकिन्छ जसले तपाईंलाई आफ्नो गुगल खातामा साइन इन गर्न दिन्छ।

गुगल फोटोज (Google Photos) ले अनुहार, स्थान, समय र धेरै अन्य एल्बम विकल्पहरूमा आधारित तस्बिरहरूलाई धेरै व्यवस्थित रूपमा वर्गीकृत गर्दछ। तपाईंले गुगल फोटोज एपबाट मेटाउनुभएका फोटो र भिडियोहरू पनि सधैंका लागि मेटाइनु अघि रद्दीटोकरी अर्थात ट्र्याश फोल्डरमा ६० दिनसम्म राखिन्छन्।

तिनीहरू हराउनु वा डिलिट हुनुअघि तिनीहरूलाई फिर्ता ल्याउन सम्भव छ। यद्यपि, गुगल फोटोजको ब्याक अप र सिंक सुविधा सक्रिय भएमा मात्र यो संभव हुन्छ।

गुगल फोटोजबाट मेटाइएका फोटो र भिडियोहरू कसरी रिकभर गर्ने

यदि प्रयोगकर्ताले मेटाइएका तस्बिर र भिडियोहरू पुन: प्राप्त गर्न चाहन्छ भने, उनीहरूले पहिले यो सामग्री एपमा उनीहरूको ट्र्याश फोल्डरमा छ कि छैन भनेर जाँच गर्न आवश्यक छ। यदि मेटाइएको फोटो वा भिडियो ट्र्याश फोल्डरमा छैन भने, यसलाई पुनर्स्थापित वा रि-स्टोर गर्न सकिँदैन।

यदि प्रयोगकर्ताले ६० दिन भन्दा बढी अघि ट्र्याश फोल्डरमा फोटो सारेमा, त्यसपछि उक्त फोल्डरनै खाली गरेको छ भनेपनि, प्रयोगकर्ताले यसलाई पुनर्स्थापना गर्न सक्षम हुनेछैन।

यसका साथै, एन्ड्रोइड ११ वा पछि चलिरहेको डिभाइसमा ३० दिन भन्दा पहिले ट्र्याश फोल्डरमा सारियो र ब्याकअप नगरिएको खण्डमा फोटो वा भिडियोलाई पुनर्स्थापित गर्न सकिँदैन।

ट्र्याश फोल्डर स्थायी रूपमा मेटाइयो वा पहिले ब्याकअप नगरी डिभाइसको ग्यालरी एपबाट फोटो वा भिडियो कन्टेन्ट स्थायी रूपमा मेटाइयो भनेपनि पुनर्स्थापना वा रिस्टोर हुनसक्ने छैन।

यदि तस्बिर वा भिडियो गुगल फोटोजको ट्र्याश फोल्डरमा देखिने छ भने, तपाइँको एन्ड्रोइड फोन वा वेब ब्राउजर प्रयोग गरेर यसलाई पुन: प्राप्त गर्न सक्नुहुनेछ।

यसको लागि तल दिइएको चरणहरू पालना गर्नुहोस्-

एन्ड्रोइड फोन, एन्ड्रोइड ट्याब्लेट, आईफोन वा आईप्याडमा फोटो वा भिडियोहरू पुनर्स्थापना गर्न, गुगल फोटोज एप खोल्नुहोस्।

सबैभन्दा तल, लाइब्रेरीमा ट्याप गर्नुहोस्, अब ट्र्याश फोल्डरमा जानुहोस्।

तपाईंले रि-स्टोर वा पुनर्स्थापना गर्न चाहनुभएको फोटो वा भिडियो फेला पार्नुहोस्।

फोटो वा भिडियो छुनुहोस् र होल्ड गर्नुहोस्।

अब, सबैभन्दा तलको रिस्टोर विकल्प थिच्नुहोस्। तस्बिर वा भिडियो फोनको ग्यालेरी एप, गुगल फोटो लाइब्रेरी, र यसअघि रहेको एल्बममानै फिर्ता सारिनेछ।

आफ्नो कम्प्युटरमा, तपाईं फोटोज डट गुगल डटकम (photos.google.com) मा जान सक्नुहुन्छ। विण्डोजको बायाँ छेउमा रहेको ट्र्याश फोल्डरमा क्लिक गर्नुहोस्।

तपाईंले रिस्टोर गर्न चाहनुभएको फोटो वा भिडियोमा आफ्नो कर्सर राख्नुहोस्, त्यसपछि सेलेक्ट(Select) मा क्लिक गर्नुहोस्।

शीर्ष दायाँ भागमा रहेको रिस्टोर(Restore) मा क्लिक गर्नुहोस्। तस्बिर वा भिडियो तपाईंको गुगल फोटोज खातामा पुन: भण्डारण गरिनेछ र यो भएको कुनै पनि एल्बममा थपिनेछ।

Sajilo Visa

प्रकाशित: १२ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार