Technology Khabar ४ कार्तिक २०८०, शनिबार
काठमाडौं ।
ओप्पोले सिंगापुरमा एक कार्यक्रममार्फत आफ्नो फोल्डेबल स्मार्टफोन फाइन्ड एन३ फ्लिप र ओप्पो प्याड २ लाई विश्वव्यापी बजार सामु अनावरण गरेको छ।
उक्त कार्यक्रममा डिभाइसहरूका बारेमा धेरै जानकारी दिईएपनि ओप्पोले तिनीहरूको मार्केट उपलब्धताको बारेमा भने केही अंश मात्र साझा गरेको छ।
ओप्पो फाइन्ड एन३ फ्लिप अक्टोबर २० (शुक्रबार) देखि सिङ्गापुरमा प्रि–अर्डरका लागि जाने जीएसएमएरिनामा उल्लेख छ। त्यसैगरी त्यहाँ उपलब्ध हुने १२/२५६ जीबी संस्करणको मूल्य १,४९९ सिंगापुर डलर (१,०४० यूरो) रहेको छ। साथै ओप्पोले ढुवानीका लागि कुनै निश्चित मिति नतोकेको जनाइएको छ।
ओप्पोका अन्य बजारहरूमा पनि केही समयपछि यो फोनको प्रि-अर्डर खोलिने उल्लेख गरिएको छ।
यसबाहेक ओप्पो प्याड २ अस्ट्रेलिया र अन्य देशहरूमा फोनको अनलाइन पृष्ठहरू रहेका हुनाले धेरै बजारहरूमा उपलब्ध हुने अनुमान छ।
प्रकाशित: ४ कार्तिक २०८०, शनिबार